ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी

१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

नवलपुर, १३ वैशाख ।

पुर्वी नवलपरासीमा सोमबारदेखि फैलिएको आगो अहिले जिल्लाका एक सय ५० बढी स्थानका जँगलमा लागेको छ । सोमबार दिउँसोदेखि फैलिएको आगलागी जिल्लाका आठै पालिकामा रहेको वन जंगलमा डढेलोका रुपमा फैलिएको छ ।

पुर्व–पश्चिम राजमार्गको दायाँबायाँ रहेको जँगलमा र कालीगण्डकी करिडोरको आसपास बुलिङटार, बौदीकाली गाउँपालिकाको ८० बढी जँगलमा सोमबार साँझदेखि फैलिएको आगो अहिले सम्म पनि दन्किरहेको बुलिङटार गाउँपालिकाका वडा नं. ३ का पुर्व वडाध्यक्ष यमबहादुर झेँडी मगरले बताए ।

कालीगण्डकी करिडोरको ढोंडनी, भोक्रोफाँट, गडम्दी, कोटथर, डाँडाझेरी बुलिङटार हुँदै बौँदीकालीका सबै जंगलमा आगो फैलिएको जिल्ला वन डिभिजनल कार्यालयका सूचना अधिकृत समिर लम्सालले बताए ।

पहाडी क्षेत्रमा फैलिएको आगलागीबाट कुुनै मानवीय क्षति भने नभएको र अहिले त्यस क्षेत्रमा प्रहरी समेत परिचालन गरी सम्भाबित घटनाबाट बचाउन आवश्यक कार्यहरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताए ।

पहाडी क्षेत्रमा स्थानीयले समेत गस्ती गरी डढेलो गाउँबस्तीमा नपसोस् भन्ने उद्देश्यले काम गरिरहेका बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताए । गैंडाकोट नगरपालिकाको ५५ भन्दा बढी ठाउँका जँगलमा डढेलो लागेको छ ।

उता मध्यविन्दु नगरपालिका १४ चनौटे र सुर्खा गाउँमा भिषण आगलागी भएको छ । मध्यविन्दु १४ को सुर्खा जंगलमा सोमबारदेखि भएकोे आगलागीले १२ घर गोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक साजन कुमार शर्माले बताए । शर्माका अनुसार आगलागीबाट चनौटेका सात र सुर्खाका पाँच घरगोठ जलेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ वर्षीय गंगाप्रसाद घिमिरे घाइते भएको शर्माले बताए । आगलागीमा परी मध्यविन्दु १४ का नवलसिंह ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन र नगद एक लाख ६० हजार, भोगीराम ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन, चारवटा कुखुरा, टेकबहादुर क्षेत्रीको घरगोठ, लत्ताकपडा भाडा वर्तन, तीनवटा बाख्रा, कर्मसिंह सोमैको घरगोठ, लत्ताकपडा, भाँडावर्तन पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

त्यसैगरी खमबहादुर बारघरेको बाख्राको गोठ, लत्ताकपडा अन्नपात, हस्तबहादुर ढेंगाको बाख्रा गोठ, लत्ताकपडा अन्नपात र श्रीलाल सोमैको बाख्रागोठ लत्ताकपडा अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक शर्माले बताए ।

त्यसैगरी मध्यविन्दु १४ सुर्खामा टेकबहादुर सोमै मगरको गोठ, लत्ताकपडा, कमानसिंह सोमै मगरको गाइगोरुको गोठ, लत्ताकपडाअन्नपात, थेबेल सिसंह लम्कामगरको गाईबाख्राको गोठ, गोरु एउटा, बाख्रा तीन वटा, भैसी एक, रणबहादुर सोतीको गोठ र आइतसिंह सोमैको गोठ जलेर नष्ट भएको छ ।

अहिले पनि जिल्लाका सामुुदायिक वन र सरकारी वन क्षेत्रमा व्यापक रुपमा डढेलो लागिरहेको छ । स्थानीय प्रशासनले प्रहरी, नेपाली सेना, सशस्त्रलाई ‘अलर्ट’ मा राखेको जनाएको छ । जिल्लाका दुई सय बढी जंगल क्षेत्रमा लागेको आगो नियन्त्रणमा आउन समय लाग्ने जिल्ला वन डिभिजनल कार्यालयका सूचना अधिकृत लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?