ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च

१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

दाङ, १३ वैशाख ।

मुक्त कमलरी विकास मञ्चले संचालन गर्दै आएको परियोजना र थप भएको परियोजना शुरुवात बारे जानकारीसहित पालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक एवम् सरोकारवाला बीच छलफल तथा अन्तरक्रिया गरिएको छ । मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा बुधबार घोराहीमा कार्यक्रम गरिएको हो ।

मुक्त कमलरी विकास मञ्चसँगको सहकार्यका लागि पालिका स्तरमा लक्षित कामका लागि आइएम स्वीडिस डेभलपमेन्टसँगै प्राविधिक तथा अन्य सहयोग र सहकार्यका लागि ४ वटा साझेदार संस्थाहरु जोडिएको जानकारी गराइएको छ । जसअनुसार, मुक्त कमलरी सशक्तीकरण परियोजना संचालन हुँदै आएका घोराहीको वडा नम्बर २, ४ र ८ सँगै अब वडा नम्बर १२ पनि थपिएको छ । यसैगरी, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिका पनि यो परियोजना लागू हुने भएको छ । जसअनुसार, लमही नगरपालिकाको वडा नम्बर ३, ४ र ८ मा तथा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १५, १६ र १८ मा पनि परियोजना लागू हुने भएको छ ।

यसका लागि आवश्यक बजेटसहितको कार्यक्रम पनि तय भईसकेको जानकारी गराइएको छ । परियोजना सचालनका लागि सोसेक नेपाल, क्लीन अप नेपाल, युवालय नेपाल संस्थागत रुपमा आवद्ध भएका छन् । यी साझेदार संस्थाहरुले परियोजना लागू हुने वडाहरुमा शिक्षा, स्वास्थ्य, वातावरण, कानूनी सचेतना, लैंगिक समानता, उद्यमशीलतासँगै सीप क्षमता र नेतृत्व विकासको काम गर्ने बताईएको छ ।

कार्यक्रममा नगरप्रमुख खड्काले मुक्त कमलरी विकास मञ्चले तुलसीपुरमा परियोजनामार्फत लक्षित समुदायको उत्थानका लागि सहकार्य गर्ने वातावरण बनाएको भन्दै यसबाट अधिकतम लाभ उठाउन सक्ने गरी पालिकाले सहयोग गर्ने बताए । यसैगरी, पालिकाले परियोजनासँग सहकार्य गरेर अपेक्षित लक्ष्य, उद्देश्य पूरा गर्न र नागरिकको जीवन माथि उठाउन सहकार्य गर्न तयार रहेको बताए । लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले मुक्त कमलरी, बालबालिका, सिमान्तकृत वर्गको पक्षमा परियोजनाले काम गर्ने हुँदा यो विषय पालिकाको लागि लाभदायक हुने विश्वास व्यक्त गरिन । अपेक्षित लक्ष्य र उद्देश्य पूरा गर्न परियोजनाको कामलाई पालिकाले सघाउने उनको भनाई थियो ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेले मुक्त कमलरी विकास मञ्चले थालेको काम समाजको हीतका पक्षमा भएकाले यो काममा स्थानीय सरकारको पनि साथ रहेको बताए । सोसेक नेपालका संस्थापक एवम् कार्यकारी निर्देशक हिरासिंह थापाले परियोजनाको काम, कर्तव्य र कार्यविधिका बारेमा जानकारी गराउँदै परियोजनामार्फत हुने कामले राज्यका हरेक निकायलाई सहयोगीका रुपमा सघाउने बताए ।

कार्यक्रममा मुक्त कमलरी विकास मञ्चको कार्यक्रम र बजेटका बारेमा मञ्चकी कार्यक्रम संयोजक सुलोचना चौधरी, सोसेक नेपालको कार्यक्रम र बजेट बारे द्रोर्ण जिसी, क्लीन अप नेपालको कार्यक्रम र बजेट बारे श्रवणकुमार बस्नेत र युवालयको कार्यक्रम र बजेट बारे सर्मिला थापाले जानकारी गराएका थिए । कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधि र वडा अध्यक्ष र सञ्चारकर्मीको उपस्थित रहेको थियोे । कार्यक्रमको सहजीकरण मुक्त कमलरी बिकास मंचका परियोजना संयोजक शुलोचना चौधरीले गरेकी थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?