© २०२३
तिलोत्तमा, १२ वैशाख ।
रुपन्देहीको क्रिमशन अस्पताल र तिलोत्तमा व्यापार संघबिच स्वास्थ्य उपचार सम्बन्धी ९ बुँदे सम्झौता भएको छ ।
बुधबार दुवै पक्षबिच सम्झौता अनुसार क्रिमशन अस्पतालले तिलोत्तमाव्यापार संघको सिफारिशमा आउने बिरामीलाई स्वास्थ्य उपचारमा १० प्रतिशत रकम छुट गर्नेछ । त्यस्तै क्रिमशन अस्पतालले तिलोत्तमा व्यापार संघको सिफारिशमा आउने सेवाग्राहीलाई विशेषाधिकार कार्ड उपलव्ध गराउने सम्झौतामा उल्लेख छ ।
एकपटक उक्त कार्ड प्राप्त गरेपछि पुनः सेवाग्राहीले सिफारिश र कार्ड बनाउन नपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै तिलोत्तमा व्यापार संघले नेपाल सरकारको मापदण्ड अनुसारको अति विपन्न वर्गलाई सिफारिश गरेमा अस्पतालले बेड चार्ज र ल्याव परीक्षण निःशुल्क गर्ने भएको छ । त्यस्तै फोटोसहितको विशेषधिकार कार्ड अस्पतालले उपलव्ध गराउने छ ।
विशेषाधिकार कार्ड लिनको लागि सेवा लिने व्यक्ति स्वयं अस्पतालमा आइ आफ्नो व्यक्तिगत विवरण दिई फोटो खिचाई कार्ड उपलव्ध हुने छ । त्यस्तै अस्पतालले अक्सिजन, इम्प्लान्ट र फार्मेसीमा कुनै पनि छुट दिने छैन । यो सम्झौता कुनै कारणवश रद्द गर्नु परेमा अस्पतालले १५ दिनको सूचना दिई व्यापार संघसँगको सम्झौता खारेज गर्न सक्ने छ ।
सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक डा. शेखरप्रसाद पोख्रेल र तिलोत्तमा व्यापार संघका तर्फबाट अध्यक्ष नेत्रप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।