© २०२३
सुर्खेत, ११ बैशाख ।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले आगामी विहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि आज पत्र पठाएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैशख १३ गते बिहीवार विश्वासको मत लिनको लागि मुख्यमन्त्रीले संसद सचिवालयमा पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।
गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले झण्डै तीन हप्तापछि संसदबाट विश्वासको मत लिन थालेका हुन् । ४० सदस्यीय प्रदेशसभामा गठबन्धन दलसँग स्पष्ट बहुमत छ । कर्णालीमा सरकारले बहुमत प्राप्त गर्न २१ सांसदको समर्थन आवश्यक पर्दछ । गठबन्धनसँग माओवादीका १३, सभामुख बाहेक एमालेका ९ र एकीकृत समाजवादीका एक गरी २३ जना सांसदको समर्थन छ ।