ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण

१५ वर्षमा लिए ८ हजार जनाले लिए प्रशिक्षण, १५ प्रतिशतले दुर्घटना घटेको दाबी
९ बैशाख २०८१, आईतवार
९ बैशाख २०८१, आईतवार

बुटवल, ९ बैशाख ।

सडक दुर्घटनासंगै मानवीय र भौतिक क्षति न्युनीकरण गर्ने लक्ष्यसहित पश्चिम नेपाल बस ब्यवसायी प्रालिले चालक, सहचालकहरुलाई आन्तरिक सवारी ब्यवस्थापन तथा दुर्घटना न्युनीकरण प्रशिक्षण कार्यक्रम गरेको छ । संस्थामा रहेका ब्यवसायी तथा सवारी चालकहरुलाई लक्षित गरी विगत १५ वर्षदेखि प्रशिक्षण दिंदै आएको हो ।

प्रालिका संचालक नारायण घिमिरेले नियमित प्रशिक्षणलाई जोड दिंदा दुर्घटनाको दर घटाउन सफल भएको बताए । ‘वि.सं. २०६६ सालदेखि प्रशिक्षणलाई नियमित दिंदै आएका छौ’—उनले भने । यो १५ वर्षको अवधिमा करिब ८ हजार बढीलाई प्रशिक्षण दिन सफल भएको उनले बताए । ‘प्रशिक्षणकै कारण दुर्घटना १५ प्रतिशतसम्म घटेको छ’—उनले भने । प्रशिक्षणबाट चालक सहचालकलाई अनुशासित बनाउन, सामान्य तर महत्वपूर्ण कार्यप्रति सजग बनाउन र उत्तरदायी बनाउन कार्यक्रम सफल भएको उनले बताए । ‘असल चालक बन्नुपर्छ’—उनले भने । प्रालिबाट दिईने प्रशिक्षण प्राप्त चालकलाई दिईने परिचय पत्रबाट ट्राफिक प्रहरीबाट हेर्ने दृष्टिकोण परिवर्तन भएको उनले बताए । स्थानको दुरी अनुसार क, ख, ग र घ गरी चार वर्गमा सवारीचालक परिचयपत्रलाई वर्गीकरण गरिएको उनले बताए । खाना खुवाउने स्थानको बारेमा सबैभन्दा ठूलो गुनासो आएको भन्दै उनले प्रालि यस विषयमा गम्भीर रहेको बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक शोभा पाण्डेले सवारी दुर्घटना न्युनीकरण तथा सुरक्षित सडक प्रयोग सम्बन्धी जानकारी दिदै दुर्घटना न्युनीकरणमा चालकको भूमिका र प्रतिवद्धता महत्वपूर्ण हुने बताईन् । चालक मनबाट चाहेमा दुर्घटना न्युन हुने तर्क दिदै यसबाट कम क्षति हुने बताईन् ।

प्रतिस्प्रधात्मक चालक नबन्न सुझाव दिदै सवारी छुटे भनेर दुख मान्नुभन्दा सहज ढंगबाट सवारी सेवा दिन उनले आग्रह गरिन् । चालक पेशा उत्कृष्ट भएको दाबी गर्दै उनले सबैलाई जोड्ने पुलका रुपमा यो पेशा भएको बताईन् । केही सिमित चालकको अघोषित नियमहरुका कारण समग्र पेशा नै धरापमा परेको उनले दुखेसो गरिन् । आफ्नो पेशालाई उत्कृष्टबाट निकृष्ट बनाउने दोषी आफै भएको उनले दाबी गरिन् ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशका ईन्चार्ज ठाकुर गैरेले ब्यक्तिगत नेतृत्वसंगै संगठनमा आवद्ध भई अघि बढ्न मद्दत मिल्ने बताए । सभ्य भाषाको प्रयोग, जिम्मेवार प्रति बोध जस्ता कुरामा ध्यान दिनुपर्ने उनले सुझाव दिए । प्रशिक्षणमा दिईएको ज्ञान ३० प्रतिशतमा ब्यवहारमा लागू गर्नसके ७० प्रतिशत दुर्घटना कम हुने उनले दाबी गरे ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका हेम पाण्डे, प्रालिका संचालक जितेन्द्र खत्रीले सिकाई निरन्तर हुने तर्क दिदै स्वरोजगार चालक बन्न प्रशिक्षण फाईदाजनक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?