© २०२३
बुटवल, ९ वैशाख ।
पछिल्लो समय सबै उमेर समूहका युवा युवतीहरुको रोजाईमा रहेको ब्याडमिन्टन खेल देशका हरेक क्षेत्रमा खेलिंदै आएको छ ।
खुल्ला ठाउँमा र कबर्डहलहरुमा खेलिने ब्याडमिन्टन खेलको बिकाससँगै यो खेल आम नागरिकको रोजाईमा समेत पर्न थालेको छ ।
ब्याडमिन्टन खेलको बिकास र खेलाडी उत्पादन गर्न बुटवलको लाफा समूहले पछिल्ला दिनहरुमा ब्याडमिन्टन खेलको विकास गर्ने खेलाडीहरुलाई व्यवसायिक बनाउने उद्देश्यले बिभिन्न तहका खेलाडीहरुलाई क्लबमा अनुबन्धन गराएको छ ।
शनिवार क्लबको हल सुख्खानगरमा आयोजित खेलाडी छनोट प्रतियोगितामा रुपन्देहीका बिभिन्न क्षेत्रका १९ जना खेलाडीले भाग लिएका थिए । ब्याडमिन्टन खेल्ने चाहना हुँदाहँुदै बिभिन्न कारणले खेलजिवनलाई अगाडि लैजान नसकेका खेलमा रुची राखेका उदयमान खेलाडीहरु बिच प्रतिष्पर्धा गराउँदै खेलाडी छनोट गरिएको थियो ।
लाफा समूह बुटबलका अध्यक्ष बबिन थापाले ब्याडमिन्टन खेलाडी उत्पादन र खेलको बिकास गर्न खेलाडी छनोट कार्यक्रम राखिएको बताए । बिभिन्न कारणले खेलाडीहरु लामो समय एकैठाउँमा नरहने भएकाले खेलाडीको अभाव नहोस र नया नया खेलाडीहरुले आफनो खेल कला देखाउने अवसर पाउन भनेर ए बि सी लेवल समुह अनुसार खेलाडी छनोट गरिएको बताए ।
खेलाडी छनोट कार्यक्रममा रुपन्देही जिल्ला का १९ खेलाडीले भाग लिएकोमा १३ जना खेलाडी छनोटमा पर्ने सफल भएको अध्यक्ष थापाले बताए । प्रतिष्पर्धाबाट छनोटमा परेका खेलाडीहरुलाई क्लबले निःशुल्क प्रशिक्षण व्यवस्था गर्ने र खेल खेल्न चाहिने खेलको स्तर अनुसार र्याकेटको ब्यवस्था गने, खेलाडीलाई कक, जुता डे«स, हल निःशुल्क उपल्बध गराउने छ । यसरी क्लबमा छनोटमा परेका खेलाडीहरुलाई प्रतियोगितामा भाग दिन जाँदा लाग्ने सम्पूर्ण ख्रर्च समेत क्लबले गर्ने सल्लाहाकार बासुदेब लामिछानेले बताए ।