© २०२३
बुटवल,८ बैसाख । न्यु होराइजजन स्पोर्टस् क्लब बुटवलको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट चेतन ठकुरी अध्यक्ष रहेको नयां कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा बालकृष्ण बस्याल,सचिव लीला खनाल,सहसचिव नरेन्द्र सारु,कोषाध्यक्ष कुशल बस्याल चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा मिलन राना,महेन्द्र सुनार,खुशी खांण र मनोज गुरुङ चयन भएका छन् ।
कार्यक्रममा न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्याय,उपप्राचार्य बालकृष्ण भण्डारी,बासुदेव अर्याल, राजीव श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पिया,रेफ्री संघ अध्यक्ष बुद्धि बस्याल,लालहरि पाण्डे,निवर्तमान अध्यक्ष प्रकाश खनाल, निवर्तमान सचिव प्रकाश गौतम लगायतले बोल्दै रुपन्देहीको खेलकुद विकासमा न्यू होराइजन संस्था र न्यू होराइजन स्पोर्टस् क्लबको भूमिका अभिन्नरुपमा जोडिएको र अग्रणी योगदान रहेको बताए ।