ट्रेंडिंग:

>> दाङमा ३९ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै >> लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि ले मानव सेवाआश्रमलाई २ करोड बढी सहयोग गर्ने >> एनआरएनए स्वीडेनद्वारा अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग >> अक्सफोर्डमा विद्यार्थीले पस्के सात देशका खानाका परिकार >> सेण्ट जेभियर्स कलेजद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र नैतिकताको प्रवद्र्धनका लागि वाकथन   >> असमानता बिरुद्ध कपिलबस्तुमा बृहत रयाली र ज्ञापन >> सुरुङ्गमार्ग समयमै सम्पन्न हुन्छ : प्रम ओली >> रबि लामिछाने माथीकाे छुनछेक बहस सुरू >> पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर >> एनसेल फाउन्डेसनः समाजको माझ सधैं सँगै >> विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङ यसरी भयो साकार >>   घमण्डको अति दम्भले हुन्छ विनास       >> युगानुकुल बनाउ नयाँ शिक्षा ऐन >> पर्यटन मन्त्रीलाई बँधिया भाले >> चौपाया छाड्नेलाई सात हजार जरिवाना >> बुटवलका मासु पसलमा अब बधशालाको मासु >> १९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग खेल्दै >> पश्चिमी भूभागमा न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ? >> भूमि समस्या समाधान अभियान बाणगंगाबाट सुरु हुने >> माघ १५ देखि गुञ्जिंदै बढैयाताल >> दाङमा मिटरब्याज पीडितले गरे प्रदर्शन  >> अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मदरसाका विद्यार्थीहरुलाई स्वीटर वितरण >> दक्ष प्रशिक्षक उत्पादन गर्न घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु >> सामाजिक सञ्जाल नियमनको कानुन अहिलेकै सदनबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ >> मुद्रण नीति परिमार्जन गर्न उद्योगीहरुको आग्रह >> फुडमाण्डुको सेवा अब बुटवलमा >> नेप्से परिसूचक दोहोरो अंकमा घट्दा कारोबारमा पनि भारी गिरावट >> मानव बेचबिखनमा संलग्न पौडेल ओमानमा इन्टरपोलको सहयोगमा पक्राउ >> समाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह >> स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गर्यो >> अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरी आगो फैलिँदै, १९ हजारलाई सुरक्षित स्थानमा सारियो >> भैरहवा विमानस्थलमा अब ८०० मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने >> प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी  >> रवि लामिछानेको अदालतमा थुनछेक बहस जारी >> त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलको लागि दुई जनाको मात्र आवेदन >> चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको आखेटोपहारसहित दुई जना पक्राउ >>  मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल >> माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड >> सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीसँग अब थप ४ हजार डलर तिर्नुपर्ने >> अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु >> भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित >> जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह >> सुन चाँदीको भाउ घट्यो >> २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट >> रबि लामिछाने पुगे रूपन्देही अदालत, केही बेरमा थुनछेक बहस हुने >> लुम्बिनीका गाउँगाउँमा अब प्रहरी पुग्ने >> कपिलवस्तु जेसिजका लागि ३ जनाको प्रतिस्पर्धा >> रामग्राम स्तुपदेखि लुम्बिनीसम्मको निःशुल्क धम्मयात्रा >> सरकारलाई सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन >> आर्थिक सम्बृद्धिका निम्ति राजनीतिमा सुधार जरूरी

यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी

८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

कपिलवस्तु, ८ बैशाख । सशस्त्र प्रहरीको आईआरटि टोलीले समुदायमा बिपद पूर्व नै आगलागी सचेतना सम्बन्धी माईकिङ्क गर्दै हिँडे । अर्कातर्फ जंगलमा डढेलो बढ्न नदिन केहि व्यक्ति ३ मिटर चौडाईको अग्नि रेखा (फायर लाईन) बनाउन व्यस्त थिए ।

फायर लाईन बनाउने क्रममा जम्मा भएका पात पतिङ्गर र स्याउलालाई उनीहरूले किनार लाउँदै अघि बढें । यसै बिच बर्मेली गाँउको मन कुमारीको घरमा खाना पकाउने ग्यासमा आगो लागेको सूचना आयो । त्यहाँ पुगेका सशस्त्रका सुरक्षा फौजले ग्यास सिलिण्डरमा लागेको आगोलाई चिसो कम्बल र प्लास्टिकको बाल्टिनको सहयोगले अक्सिजन निस्किन नदिएर नियन्त्रणमा लिए । त्यसका लागी ग्यास सिलिण्डरमा ग्यास आएको ठाउँमा औंलाको सहायताले ग्यासको प्रवाह रोक्ने काम गरेर पनि आगो नियन्त्रणमा लिईयो । आगलागीका क्रममा मानव शरिरमा लागेको आगो रोलिङ्ग र फायर ब्लाङ्गकेटको सहयोगमा नियन्त्रणमा लिईयो । त्यसै गरि सोही स्थानको एउटा बाख्राको खोरमा लागेको आगो एउटा घरमा फैलियो । त्यहाँ तत्कालै सशस्त्र प्रहरीको टोलीले आगलागी नियन्त्रणमा लिन पानीको फोहरा फाल्ने र आगो बढ्न नदिन बिभिन्न उपाय प्रयोग गरे ।

आगलागीको सुचना पाएको केहि समयमै कपिलवस्तु नगरपालिकाको दमकल आएर पानी हालेर आगो नियन्त्रणमा लियो । सो क्रममा घाईते भएकाको उद्धार तत्कालै गरेर कपिलवस्तु अस्पतालको एम्बुलेन्समा हालेर उपचारका लागि पठाईयो । आगलागी नियन्त्रण गर्न मानव साङ्गलो र दमकलको प्रयोग, घाईतेको उद्दार, प्राथमिक उपचार, अस्थायी टहराको तयारी र राहत बितरण प्रक्रिया तत्कालै शुरु गरेर पिडितलाई सुरक्षित स्थानमा पुर्याईयो । प्रसङ्ग हो, कपिलवस्तुमा आगलागी नियन्त्रणका लागि गरिएको नमुना अभ्यासको । जुन अभ्यासको दृश्य बर्मेली गाउँमा रहेको गुरुकुल एकेडेमीका विद्यार्थी बालबालिका र शिक्षकले पनि चाखपूर्वक हेरें । उनीहरू सहित मञ्चमा रहेका सुरक्षा निकायका प्रमुख र प्रतिनिधी, स्थानिय र सञ्चारकर्मीले समेत यो अभ्यासबाट आगलागी नियन्त्रणको तरिकाहरू बारे जानकारी पाए । सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा गणको कार्यालय बर्मेलीमा नमुना अभ्यास मार्फत सचेतना प्रवाह गरिएको हो ।
सशस्त्रको टोलीले प्रदर्शन गरेको नमुना अभ्यासलाई कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, प्रजिअ बिश्व प्रकाश अर्याल, सम्शेर दल गण गोरुसिङ्गेका गणपति दिलिप घले, सहायक प्रजिअ भविश्वर घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डे, कपिलवस्तु अस्पतालका निमित्त मेसु डाक्टर बिपीन जयसवाल, नेपाल प्रहरीका प्रहरी निरिक्षक, रेडक्रस कपिलवस्तुका महामन्त्री सन्तोष कुमार श्रीवास्तव, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्रचार्य सहितले मञ्चबाट अवलोकन गरेका थिए । सो अभ्यासका क्रममा गणमा भएका अग्नी नियन्त्रण गर्ने सामाग्री, जनशक्ति, कपिलवस्तु नगरपालिकाको दमकल र कपिलवस्तु अस्पतालको एम्बुलेन्सलाई प्रयोग गरिएको थियो ।

आगलागी नियन्त्रणमा अन्तरनिकाय बिचको समन्वय कसरी गर्ने भन्ने बिषयमा अभ्यासले प्रदर्शन गरेको थियो । सुख्खा याममा आगलागी र डढेलो तथा मनसुनमा बाढी पहिरोका घटना हुदाँ ठुलो धनजनको क्षति हुदै आएकाले अभ्यासले आवश्यक पुर्व तयारीलाई सहयोग पुग्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले जानकारी दिए । आगलागीका घटना बढदै गर्दा दमकलका लागी एकदमै चाप बढेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । कृषकले गहुँ खेतमा ठुटा जलाउन आगो लगाउदाँ आगलागीका घटना बढदै गएकाले समुदायलाई यो बिषमा सचेत बनाउन आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा सहभागीले सशस्त्र प्रहरीले प्रदर्शन गरेको बाढी पहिरो सहितका बिभिन्न बिपदका बेला उद्धार गर्नका लागी प्रयोग गर्ने बिपद उद्धार सामाग्रीको अवलोकन गरे । कपिलवस्तु जिल्लामा पनि बिपतका घटना बर्षेनी घट्ने गरेकाले ति घटनाहरूबारे समुदायलाई सचेतना प्रवाह र समयमै घटना नियन्त्रणमा सहयोग पुगोस भनेर नमुना अभ्यास गर्ने गरिएको गणका सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डेले बताए । जिल्लामा बिपतका घटना हुन नदिन नमुना अभ्यासले पूर्व तयारी, घटना नियन्त्रण र उद्दारमा सहयोग पुग्नेमा कार्यक्रमका सहभागीले बिश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?