© २०२३
बुटवल, ७ वैशाख ।
शैक्षिक सत्र २०८१ का लागि कक्षा १ देखि कक्षा ९ सम्मको जारी रहेको विद्यार्थी भर्ना अभियानमा विद्यार्थीको अत्यधिक चाप बढेकाले विद्यार्थी भर्नामा पारदर्हीता र निष्पक्षता कायम गर्नका लागि कान्ति सामुदायिक विद्यालय बुटवल ४ रुपन्देहीले शुक्रबार स्तरमापन परीक्षा सञ्चालन गरेको छ । स्तरमापन परीक्षामा विभिन्न कक्षाको भर्नाका लागि २५ जिल्लाका २७ सय विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्राधानाध्यापक गोविन्द ज्ञवालीले जानकारी दिए ।
कान्ति माविले यस वर्षदेखि कक्षा ६ मा संस्कृत विषयको समेत पठनपाठन सुरु गर्न लागेकोले कक्षा ६ मा भर्ना हुन चाहने विद्यार्थी संख्या धेरै रहेको छ । कक्षा १ देखि ९ सम्म जम्मा ५ सय ९७ जना नयाँ विद्यार्थीका लागि भर्ना आवेदन फाराम वितरण गरिएकोमा २७ सय ३ जना विद्यार्थीहरुले फाराम भरेका थिए ।