ट्रेंडिंग:

>> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश

आफन्तले अझै बुझेनन् भीमाको शव

६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार

सुर्खेत, ६ वैशाख ।

दैलेखकी भिमा गुरुङका आफन्तले न्याय नपाएको भन्दै शव बुझ्न मानेका छैनन् । अस्पतालको लापरबाहीले भीमाको ज्यान गएको भन्दै उनीहरुले एक साता बित्दा सम्म पनि शव उठाएका छैनन् । पाठेघर सफा गर्न पुगेकी दैलेखको आठबीस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया गुरूङको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरू अस्पतालको लापरबाही रहेको भन्दै एक सातादेखि आन्दोलित बनेका छन् ।

हिँडेर प्रदेश अस्पताल पुगेकी गुरुङको मृत्यु भएपछि उनका आफन्तले शव उठाउन मानिरहेका छैनन् । आफन्तले भिमाको शव अस्पतालमै छाडेर घर फर्किएका छन् ।

भीमाको सात महिनाको बच्चा छ । सोही कारण आमाको मृत्यु भएपछि आफन्तहरूले नाबालकको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्य मध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर शान्तिपूर्ण आन्दोलन जारी राखेका थिए ।

भीमा चैत २८ गते बुधबार कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुगेकी हुन् । २९ गते बिहीबार बिहानै भीमा प्रदेश अस्पताल भर्ना भएकी थिइन् । पाठेघर सफा गर्दैगर्दा केही समयपछि अस्पतालले उनलाई एक्कासी मृत घोषणा गरेको भीमाका श्रीमान नवराज बलामीले जानकारी दिए । भीमाले स्थानीय क्लिनिकमा उपचार गर्दा पाठेघरमा समस्या देखाएको थियो । उक्त क्लिनिकले भीमालाई प्रदेश अस्पताल रिफर गरेको थियो । पाठेघरको उपचार गर्न अस्पताल गएकी भीमाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले आन्दोलन गर्दै आएका छन् । परिवारलाई भेट्नै नदिई एक्कासी रगत अभाव भयो भन्दै रगत मगाउने गरेको र केही समयमै मृत घोषणा गरेको आफन्तले बताएका छन् । यता अस्पतालले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?