© २०२३
न्युज बुटवल टुडे
बुटवल, ५ बैशाख ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने भएको छ ।
केन्द्रीय कार्यालय कपिलवस्तुमा बुधबारदेखि जारी नेकपाको नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकअघि बसेको पोलिटब्यूरो बैठकले चुनावमा भाग लिने विषयलाई पारित गरेको नेकपा श्रोतले जानकारी दिएको छ ।
बैठकमा महासचिव विप्लवले चुनाव पनि क्रान्तिकै एउटा मोर्चा भएकोले आगामी २०८४ मा हुने चुनावलाई संघर्षकै रूपमा उपयोग गर्नुपर्ने पनि भनाइ बैठकमा राखेका श्रोतको दाबी छ । २०८४ को आम चुनावमा पार्टीले जुनसुकै हिसाबले पनि भाग लिनेछ त्यो संघर्षकै एक स्वरूप हो चुनावमा भाग लिनका लागि देशव्यापी संगठन निर्माण अहिलेको प्राथमिकता हो – नाम उल्लेख नगर्ने शर्तमा एक केन्द्रीय सदस्यले भने ।
नेकपाको बैठक बैशाख ११ गतेसम्म चल्ने छ । गत स्थानीय चुनावमा पनि नेकपा केही स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको थियो । रोल्पामा सो पार्टीले वडा तहमा केही ठाउँमा जितेको थियो । पछिल्लो समय माओबादी केन्द्र सहितको समाजवादी मोर्चाको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र सँग सहकार्य र एकता गर्ने दिशामा छ ।