ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा

अस्पतालले आर्थिक वर्ष २०६९/२०७० देखि २०७९/०८० सम्म ११ वर्षको अवधिमा ओपिडी तर्फ ३ लाख ७३ हजार ७४ जनालाई सेवा दिएको छ । यसैगरि आकस्मिक तर्फ १ लाख २८ हजार ९ सय ६२, बिरामी भर्ना १ लाख १४ हजार ५३, सामान्य प्रसुती २५ हजार ८ सय ३, बाल सर्जरी १३ हजार ४ सय ६१ तथा गाईनो र ओबिएस सर्जरी १६ हजार २ सय ५८ जनालाई सेवा दिईएको छ ।
४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

बुटवल, ४ बैशाख ।

२५ वर्ष अघि बुटवलमा स्वास्थ्य सेवा शुरु गरेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपाल आफनो सेवा बिस्तारलाई जोड दिएको छ । वार्षिक ५० हजार बिरामीको सेवा दिदै आएको अस्पतालले समयसापेक्ष आफनो स्तरवृद्धि थालेको हो । आम्दा ईन्टरनेश्नल जापानको राष्ट्रिय शाखाको रुपमा सन १९८९ मा काठमाण्डौमा गैर सरकारी संस्थाका रुपमा आम्दा नेपाल स्थापना भएको थियो । आम्दा नेपाल अन्तरगत सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षिय सम्झौतामा बिसं २०५५ साल कार्तिक १६ गते काठमाण्डौ बाहिर बाल तथा महिला मृत्यु दर घटाउन योगदान दिने गरि पहिलो अस्पतालको रुपमा खोलिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद पराजुलीले बताए । नया वर्षसंगै अस्पतालमा थप सेवा बिस्तार र स्तरोन्नती गर्ने योजना थालेको उनले बताए । अस्पताल एक सय सैयालाई स्तरवृद्धि गरि ३ सय सैयामा लैजाने, गुणस्तरीय सेवाका लागि आधुनिक उपकरण जडान, सामान्य चिकित्सा, अर्थोपेडिक सेवा र ईएनटी सेवालाई विभागको रुपमा बिकसित गर्ने, प्रयोगशाला सेवालाई अत्याधुनिक बनाउने, एनआईसियु÷पिआईसियु सेवा बिस्तार गर्ने, हाई केयर युनिट, एमआईसियु, ईन्फटिलिटि सेवा स्थापना गर्ने, आमा सुरक्षा कार्यक्रम लागु गर्ने, महिला पाठेघर क्यान्सर उपचार सेवा बिस्तार गर्ने गरि योजना अघि बढाएको उनले बताए । यसका साथै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न ग्रामिण क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न प्राविधिक सहयोग गर्ने तयारीमा छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरोन्नतिका लागी निरन्तर साथ दिने बताए । आम्दा अस्पताल नेपालमा पिपिई मोडेलको पहिलो प्रारम्भिक मोडल भएको बताउदै शिक्षा र स्वास्थका बिषयलाई उपमहानगर सधै प्राथमिकतामा राखेर काम गर्दै आएको उनले दाबी गरे ।

साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम सुरुगर्ने गरि काम अगाडी बढाएको

अस्पतालल मंगलबार शुभकामना आदानप्रदान तथा अस्पतालको सेवाबारे जानकारी दिन राखिएको कार्यक्रममा उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष एवं आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका उपाध्यक्ष हरि प्रसाद अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदमराज गाहा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिश्वास ढकाल, आम्दा अस्पतालका प्रशासक खगेन्द्र क्षेत्री, मेट्रोन सुशिला बिश्वकर्मा, पत्रकार कल्पना तिवारीले अस्पतालको योजना आम नागरिकको सेवामुखी रहेको भन्दै कार्यान्वनमा जोडदिनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?