ट्रेंडिंग:

>> बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेशनहरूको निर्माण अन्तिम चरणमा >> नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूले मधेस प्रदेशसभामा ठूलो विरोध >> पाकिस्तानी सरकारले मन्त्रीहरूको तलबमा १८८ प्रतिशत वृद्धि  >> मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने >> जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ >> विकासको गतिमा देश अगाडि बढिसकेको छः प्रधानमन्त्री >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> प्रेस चौतारीको महाधिवेसन सुरू, प्रधानमन्त्री गएनन् >> प्रचण्ड काठमाडौँ फर्केपछि तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रिया बारे छलफलको तयारी >> काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने >> सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गरायो >> ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्,बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा >> राष्ट्रिय सभामा अध्यादेश प्रतिस्थापन विधेयकको नामलाई लिएर विवाद >> बुटवलमा १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र >> उमेश राईलाई १७ औं धर्मश्रीको उपाधि >> वीरगञ्ज सुक्खा बन्दरगाहबाट भन्सार कार्यालयले ८ महिनामा ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गर्यो >> प्रहरीद्धारा अबैध कुखुरासहित एक जना प्रक्राउ >> भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी >> इजरायली हवाई आक्रमणमा हमास नेता सलाह अल–बर्दाविलको ज्यान गयो >> पृथ्वीमा पानीको उत्पति कहिले भयो ? नयाँ अनुसन्धानले गरायाे खुलासा >> सञ्चारकर्मी मिडियामा अडिरहने वातावरण बनाउनुपर्छ >> सुन र चाँदी दुवैको भाउ घट्यो >> लुम्बिनीमा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड तालिम >> ५ लाख शरणार्थीलाई अमेरिकाबाट निष्कासन गरिने, ट्रम्प प्रशासनले अप्रिल २४ सम्म दियो म्याद >> कर्मचारी मिलन केन्द्रको वनभोज कार्यक्रम तथा साधारणसभा सम्पन्न >> श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाको अन्तरक्रिया >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एपीएफको विजयी शुरुवात >> नेकपा एसको रूपन्देही अधिवेशन शुरु ‘पुर्नउत्थानवादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप’ >> अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीलाई खोप >> कागजमा सीमित आर्थिक रूपान्तरण >> विश्व मौसम दिवसः बढ्दै छ चुनौति >> नारायणगढ–बुटवल खण्ड बिस्तारः पूर्वी खण्डमा प्रगति, दाउन्नेमा सास्ती >> विश्व पानी दिवसमा अन्तरक्रिया >> डढेलो नियन्त्रणका लागि ३ तहका सरकारको समान दायित्व हुनुपर्ने >> प्रतिगामी चिन्तनविरुद्ध ‘कविता’ >> सुस्ता गाउँपालिकाको शीतभण्डारः एकातिर आँधी, अर्कोतिर झोलङ्गो >> आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने >> मेन्स सिंगल र डबलमा एपीएफलाई उपाधि >> आदिवासी जनजाति महासंघ कपिलवस्तुको अध्यक्षमा चौधरी >> मौसम प्रतिकुलका कारण पहिलो दिनको खेल प्रभावित, रोकिएको खेल आईतबार बिहान हुने >> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने

गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा

४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

पोखरा,४ बैसाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् बैठकमार्फत गरेका विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ । यसअघि अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको थियो ।

तर अधिकारीले दीर्घकालीन असर पर्ने खालका नियुक्ति गर्नुका साथै मुद्दाको पेसी बाँकी रहँदै विश्वासको मतका लागि प्रदेश सभा आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेपछि कांग्रेस पुन अदालत गएको हो । निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट निवर्तमान मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पूरक निवेदन दर्ता गरेका छन् ।

अधिकारीको नियुक्ति नै गैर संवैधानिक भएको आरोपसहित पाण्डेले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले वैशाख ७ गतेभित्र लिखित रूपमा कारण पेस गर्न र १० गते पूर्ण पेसी तोक्न आदेश दिइएको छ । मुद्दाको किनारा नलाग्दासम्म कुनै पनि असर पर्ने निर्णय नगर्न पनि अधिकारीलाई आदेश दिइएको छ । तर सर्वोच्चको आदेश विपरीत अधिकारी सरकार हिँडेकोले निवेदन पूरक दर्ता गरिएको शर्माले बताए । नेपालको संविधान, प्रचलित कानुन र स्थापित नजिरबाहिरका कामहरू भइरहेका र सरकारको नियुक्ति नै बदर हुन्छ भन्ने थाहा हुँदा हुँदै क्याबिनेट बैठक राख्ने र विभिन्न नियुक्ति गर्नेदेखि संसद् आह्वानसम्मका काममा उहाँ लागेपछि यो सर्वोच्चकै मानहानि भएको पाण्डेको दावी छ ।
अधिकारीले संसद् आह्वानका लागि प्रदेश प्रमुखलाई पठाएको सिफारिस प्रदेश प्रमुखकै कार्यालयमा छ । प्रदेश प्रमुखबाहिर भएका कारण अधिवेशन आह्वान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?