ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

ठेकेदार भागेपछि कालीगण्डकी नदीको निर्माणाधीन पक्की पुल अलपत्र

२ बैशाख २०८१, आइतबार
२ बैशाख २०८१, आइतबार

नवलपुर, २ वैशाख ।

पुर्वी नवलपरासीको पहाडी बुलिङटार र तनहुँको रिसिङ गाउँपालिकाको गडगडी घाटको कालीगण्डकी नदीमा निर्माणाधीन पककी पुलको निर्माण शुरु भएको आठ बर्ष बित्न लाग्दा अहिले सम्म तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भएका छन् । जसका कारण पुल निर्माण अलपत्र परेको छ ।

कालीगण्डकी करिडोर र दलदले बुलिङटार भएर कोखेबाट तनहुँको रिसिङको मधुवन हुँदै रुपटार भएर भिमाद पुग्न यो पक्की पुलको निर्माण शुरु गरिएको भएको थियो । शिलन्यास भै काम शुुरु भएको अहिले ८ वर्ष पुग्यो, तर तीन बर्षमा सक्ने गरी अघि बढेको सो पुल अहिले अलपत्र अवस्थामा पुगेपछि स्थानीयले सँघीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण गराएका बुलिङटार गाउँपालिकाका वडा नं. ४ का पुर्व सदस्य सोम पुलामी मगरले बताए ।

“कालीगण्डकीमा सँघीय सरकारको बजेटबाट यहाँ पक्की पुलको निर्माण सुरु भएको दश बर्ष बित्न लाग्यो तर अहिले सम्म पुलको तीन वटा खम्बा मात्र कालीगण्डकीमा बनेका छन्, त्यो भन्दा बढी कामै हुुन सकेको छैन”–स्थानीय बुलिङटार ४ का पुर्व वडाध्यक्ष चेत बहादुर गोदामी मगरले भने, “छ महिना अघि ठेकेदार देखा परेको थियो तर अहिले फेरी गायब भैसक्यो यो पुल कहिले सम्म अलपत्र पर्ने हो ठेगान नै छैन ।”

कालीगण्डकी नदीमा बन्न लागेको पक्की पुलको ठेक्का पाएको कम्पनी नाघा अर्जुुन कन्स्ट्रक्सनले तीन वर्षमा सक्ने गरी ठेक्का लिएको थियो । “आठ बर्ष बित्न लाग्यो अहिले सम्म २० प्रतिशत पनि काम हुन सकेको छैन, यो अत्यन्त दुुखको बिषय हो”–बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले भने ।

यो पुल निर्माण अलपत्र परेपछि यसको ठेकका लिएको ठेकेदारको बारम्बार खोजी गरिरहे पनि पत्ता लगाउन नसकिएको र अहिले नवलपुर र तनहुँ दुवै जिल्ला प्रशासनको ध्यानाकर्षण गराइएको तनहुँ स्थित रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

तनहुँसँग सिमा जोडिएको कालीगण्डकी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र अवस्थामा पुगे पछि स्थानीय समेत आन्दोलित भएका छन् । पुल समयमा सक्नुपर्नेमा आठ वर्ष बित्न लाग्दा पनि पुल बन्ने छाँटकाँट नै नभएपछि प्रशासन गुहारेको बुलिङटार ४ का वडाध्यक्ष मिनबहादुर आले मगरले बताए ।

तनहुँको रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने, “ठेकेदार नै यसमा दोषी रहेकोले सो पुल बन्ने कुनै गुन्जायस् नै छैन, अझै दश वर्ष पुल बन्ने छाँटकाँट नै छैन ।” ठेकेदारको गम्भीर लापरबाहीले पुल बन्ने कुनै अवस्था नै छैन । सरकारको पटक पटक ध्यानाकर्षण गराएपछि कुनै सुनुवाई नै नभएको अध्यक्ष श्रेष्ठले बताए ।

ठेकेदार नै फरार भएपछि अहिले ठेकेदारको खोजीका लागि पुर्वी नवलपरासी र तनहुँ जिल्ला प्रशासनमा निवेदन परेको छ र खोजीका लागि दुवै प्रशासनले ताकेता गरिरहेका जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?