ट्रेंडिंग:

>> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ)

नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा हिराकाजी महर्जन, उपाध्यक्षमा बुटवलका माधव प्रधान

२ बैशाख २०८१, आईतवार
२ बैशाख २०८१, आईतवार

बुटवल, २ वैशाख ।

नेपाल बुद्धिचाल महासंघको नवौं अधिबेशनबाट अध्यक्षमा ललितपुरका हिराकाजी महर्जन निर्वाचित भएका छन् । महर्जनले प्रतिद्वन्द्वी प्रविण भँडेललाई पराजित गर्दै अध्यक्षमा निर्पाचित भएका हुन् । महर्जनले ४९ मत प्राप्त गरेका छन भने भँडेलले ३१ मत मात्र प्राप्त गरेका थिए ।

कुल १ सय १८ मतदाता संख्या रहेको बुद्धिचाल महासंघको निर्वाचनमा ८४ मत खसेको थियो । बुद्धिचाल महासंघको वरिष्ठ उपाध्यक्षमा ईलामका दिपेन राई निर्बिरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा बुटवलका माधव प्रसाद प्रधान निर्वाचित भएका छन् । प्रधानले ४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी बाराका राजाबाबु रौनियारले ३६ मत प्राप्त गरेका छन् । यसैगरि महासचिवमा काठमाडौंका धरमबहादुर लामा निर्बिरोध निर्वाचित भै दोहोरिएका छन् ।

बुद्धिचाल महासंघको निर्वाचनमा सात प्रदेशका ३५ जना, ५५ जिल्लाका ५५ जना, कार्यसमितिका २१, टेक्निकल २, राष्ट्रिय च्याम्पियन २ र राखेपबाट मनोनीत २ गरि १ सय १८ जनाको प्रतिनिधित्व रहने साधारण सभामा जम्मा ८४ जना प्रतिनिधिको उपस्थिति रहेको थियो । महासंघको नवौं अधिबेशन तथा विशेष साधारण सभा ललितपुरको च्यासल स्थित तुल्सिलाल स्मृति प्रतिस्ठानमा सम्पन्न भएको हो । नेपाल बुद्धिचाल महासंघका उपाध्यक्ष धन बहादुर वोगटीको सभापतित्वमा शुरु भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ्गले उद्घाटन गरेका थिए ।

महासंघको साधारण सभाको बन्द सत्रमा महासचिव धरम बहादुर लामाले वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले विधानमा उल्लेख हुन अत्यावश्यक बुँदाहरुलाई थप गरेर संशोधन प्रस्ताव पेश गरेका थिए । यस्तै कोषाध्यक्ष तारा बहादुर रानाभाटले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभामा उठेका विभिन्न सुझावहरुलाई संकलन गरेर प्रस्तावहरु सर्वसम्मत पारित गरिएको छ ।

निर्वाचनमा नेपाल खेलकुद महासंघ, नेपाल खेलकुद महासंघ समाजवादी र अखिल नेपाल खेलकुद महासंघको तर्फबाट अध्यक्ष पदमा हेराकाजी महर्जन, वरिष्ठ उपाध्यक्षमा दिपेन राई र उपाध्यक्षका लागि राजाबाबु रौनियारले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फबाट अध्यक्ष पदमा प्रविण भँडेल र उपाध्यक्ष पदमा माधव प्रसाद प्रधानले उम्मेद्वारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?