ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

स्वर्ण महोत्सवमा भलाई कोषले स्थापना ग-यो ५ लाखको छात्रवृत्ति अक्षयकोष

१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

बुटवल, १ बैशाख ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सवको अवसर पारेर छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

कोषले शनिबार एक समारोहका बिच ५ लाख १ हजार १११ रुपियाँको गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । यो अक्षयकोषको कार्यविधि निर्माण गरी यातायात मजदूरका छोराछोरीलाई उपलव्ध गराउने लक्ष्य राखिएको छ ।

छात्रवृत्ति अक्षयकोष स्थापना र भित्तेपात्रो विमोचन कार्यक्रमको उदघाटन गर्दै कोषका पुर्व अध्यक्ष, मानार्थ सदस्य एवं सल्लाहकार कुमार थापाले कोषले बिगतदेखि हालसम्म भोग्दै आएका कठिनाई र यातायात व्यवसायी तथा मजदूरको लागि कोषले गर्दै आएको कार्यका बारेमा प्रकाश पारेका थिए ।

उनले बिगतमा मजदूर मात्र आवद्ध कोषमा व्यवसायीलाई समेत सहभागी गराउन ठूलो मेहनत गर्नुपरेको भन्दै फलस्वरुप भलाई कोष अहिलेको अवस्थासम्म आइपुगेको बताए । उनले २०५३–५४ सालमा आफूले कोषको नेतृत्व गर्दा चलचित्रको च्यारिटी शो बापतको ७८ हजार रकममा कोषले २२ हजार थपेर छात्रवृत्ति अक्षयकोष स्थापना गरेको स्मरण गर्दै तर त्यसको छुट्टै कार्यविधि बनाएर सञ्चालन नहुँदा त्यो कार्यान्वयनमा आउन नसकेको बताए । पुर्व अध्यक्ष थापाले अहिले स्थापना भएको छात्रवृत्ति अक्षयकोषको छुट्टै कार्यविधि र बैंक खाता सञ्चालन गरिने र यातायात मजदूरका छोराछोरीका साथै कोषका कर्मचारीका बालबच्चालाई पनि छात्रवृत्तिमा समेटिने बताए ।

कार्यक्रममा बोल्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले भलाई कोषको आफ्नो सामाजिक दायित्व समेत रहेकाले छात्रवृत्ति स्थापना गरी स्वर्ण महोत्सवलाई थप रचनात्मक बनाउन सकिएको बताए । उनले स्वर्ण महोत्सवका अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिएको भन्दै कोषका गतिविधिबारे प्रकाश पारेका थिए ।

त्यस अवसरमा कोषका उपाध्यक्ष छविलाल थापा, महासचिव योगबहादुर गुरुङ, सचिव बृजेश न्यौपाने, कोषाध्यक्ष प्रकाश कुमार नेपाल, सल्लाहकार कृष्णप्रसाद बेलबासे, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, कार्यालय प्रमुख ठानेश्वर बस्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा कोषले प्रकाशित गरेको नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?