ट्रेंडिंग:

>> भर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो >> कर्णालीमा बेरुजु रकम घट्दै, चार निकायको बेरुजु शून्य >> वृहत स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न >> थोराङ्ग पास क्षेत्र सफा गर्दै सैनिक उच्चशिखर शिक्षालय कैसाड्गले मनायो ५० औं वार्षिकोत्सव >> फार्मेसीलाई औषधी ब्यवसायीको सम्मान >> देवीनगर क्रिकेट प्रिमियर लिगमा जेके वारियर्सको जित >> न्यू होराईजन विजयी शुरुवात >> प्रधानमन्त्रीद्वारा एसियाली टेनिस बिजेतालाई बधाई >> नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक संसदीय समितिमा >> सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ? >> चार जनालाई ११ महिना कैद >> जनजाति भएकै कारण उपसभामुखलाई हटाउन खोजिँदैछ : सांसद सिंह >> सहकारी ठगीमा रकम फिर्ता गरे जेलमुक्ति सम्भव हुनुपर्ने सांसद आचार्यको प्रस्ताव >> सुनको मूल्य एकैदिन ६ सय रुपैयाँले घट्यो >> स्याउको मूल्य घट्यो

देश बचाउन कांग्रेस–एमाले मिलौंः डा. शेखर कोईराला

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

दाङ, ३० चैत ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाले संविधानमा उल्लेख भएको निर्वाचन प्रणालीको गलत प्रयोग हुन थालेकाले मुलुकको विकासको वाधक बन्दै गएको हुँदा सच्याउन ठूला दल लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई बिहीबार घोराहीमा सम्बोधन गर्दै वरिष्ठ नेता डा कोईरालाले मिश्रित निर्वाचन प्रणालीका कारण अहिले कुनै पनि दलको बहुमत आउने अवस्था नबन्दा मुलुक अस्थिरता तर्फ धकेलिने क्रम बढेको हुँदा मुलुकको हीतका लागि अब दुई ठूला दल एक ठाउँमा आउनु पर्ने बताए । उनले स्थिर सरकारका लागि नेपाली कांग्रेस र एमाले अब एक ठाउँ उभिँदै निर्वाचन प्रणाली बदल्न लाग्नुपर्ने तर्क गरे । आफूले देशको नियति देख्न नसकेर यसकै लागि कोशी प्रदेशबाट आँट गरेको खुलासा पनि गरे । नेतृत्वले पहिलो प्राथमिकता राष्ट्र बन्नु पर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउँदै देशका लागि अहिले स्थिरता, सुशासन अनि आर्थिक विकास चाहिएको बताए ।

‘लामो सामय लगाएर लेखेको संविधानको अपव्याख्या गर्दै अघि बढेका केही दलका कारण देश बन्धक बन्न हुँदैन, जो अभ्यास अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी नेताबाट भईरहेको यही प्रणाली नै मुलुकको विकासको वाधक हो’ उनले भने ‘अहिले कुनै पनि दलको एकल बहुमत आउने अवस्था छैन, अनि मुलुक अस्थिर बन्छ । जुन नियति अहिले देशमा ज्वलन्त उदाहरण बनेको छ ।’

नेपाल र नेपालीको पक्षमा काम गर्न स्थिर सरकारका लागि नेपाली कांग्रेस र एमाले अब एक ठाउँ उभिनुपर्छ ,उनले भने ‘निर्वाचनको समावेशी व्यवस्था वैज्ञानिक बनाउनुपर्छ । शासकीय स्वरुप बदल्न अब दुई ठूला दल एक ठाउँमा आउनु पर्छ । यसकै लागि मैले कोशी प्रदेशबाट आँट गरेको हुँ । नेतृत्वले पहिलो प्राथमिकता राष्ट्र बन्नु पर्छ भन्नेमा म स्पष्ट छु । यो कामको थालनी मबाट शुरु भईसकेको छ ।’ देशका लागि अहिले स्थिरता, सुशासन अनि आर्थिक विकास चाहिएको बताउँदै सरकारको नेतृत्वकर्ताबाट यो काम हुन नसकेको बताए । देशको अवस्था एकातिर अनि नेतृत्वकर्ता अर्को बाटोमा हिँडेर मुलुक नबने उनले बताए ।

नेपालको आर्थिक क्षेत्र कमजोर बन्दै जाँदा व्यापार व्यवसाय खस्कँदो अवस्थामा पुगेको उनको भनाई थियो । ‘देशमा व्यापार गर्ने पचास प्रतिशत सटर बन्द छ । उत्पादन क्षेत्र लगानी भएन, गलत ठाउँमा लगानी भयो अहिले आर्थिक स्थिति नाजुक बन्यो । पैसा चलायमान बन्न सकेन अनि कसरी देशको अर्थतन्त्र चलायनमान बन्छ, नेतृत्वले सोँच्नु पर्दैन’ उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीमा अनुशासित एकता चाहिएको बताए । संविधानमा उल्लेख गरिएका विषयको ईमानदार प्रयोग हुन नसक्दा देशले दुख पाईरहेको बताए । अब यी सबै कुरा सच्याउन बलियो कांग्रेस निर्माण लाग्नुपर्ने बताए ।

पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले राजनीतिक रुपमा अपराधीलाई उन्मुक्ति दिने प्रवृत्ति गलत रहेको हुँदा यसबाट कांग्रेस अलग रहन सक्नुपर्ने बताउनुभयो । ‘राम्रो काम गर्ने निरुत्साहित हुने प्रवृत्ति प्रति नेतृत्व सजग हुनुपर्छ’उनले भने ‘समानुपातिकका नाममा परिवारवाद हावी हुदै गएको छ । समानुपातिक प्रतिनिधित्वको गलत प्रयोगबाट सच्चिनु पर्छ ।’

केन्द्रीय सदस्य योगेन्द्र चौधरीले हिजो माओवादीलगायत दलसँग गठबन्धन गर्दा गरिएको वाचाबाट कांग्रेस विचलित नभएको बताए । जनभावनालाई आत्मसात गरेर अघि बढेको हुँदा बलियो कांग्रेस बनाउने शक्ति मिलेको तर्क गरे ।

केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टीको विधान परिमार्जन जरुरी रहेको औँल्याए । उनले वडा, क्षेत्रमा कार्य समिति बैठक बस्न नसकेको, एउटा कार्य समितिले अर्को कार्य समितिलाई नचिनेको कुराको ध्यानाकर्षण गराए । सम्मेलनलाई कांग्रेसका विभिन्न तहका नेताहरुले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिवद्वय अर्जुनकुमार योगी र बालिका लम्सालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?