ट्रेंडिंग:

>> एमालेले विरासत फर्काउँदा काँग्रेसले गुमायो >> दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत, लुम्बिनी लायन्स पराजित >> जथाभावी सडक निर्माणले विपत्ती: मुख्यमन्त्री कँडेल >> सुनसरीमा सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद >> श्रीमतीको ‘झोला काण्ड’ बचाउन खोज्दा खोज्दै महाअभियोगसम्म द. कोरियाली राष्ट्रपति >> चलचित्र बोर्डले ११ हललाई कानूनी पत्र >> दक्षिण कोरियामा महाभियोगको प्रस्ताव, राष्ट्रपति योलको चुनौती >> एपीएल: लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य >> ज्येष्ठ नागरिक सम्मान तथा न्यानो स्विटर वितरण >> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको

हरेक परिवर्तन एमालेको विचारबाट निर्देशित : पद्मा अर्याल

२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

रुकुमकोट, २९ चैत ।

नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले नेपालका हरेक परिवर्तनको नेतृत्व नेकपा एमालेको विचारले निर्देशित गर्दै आएको बताएकी छन् ।

नेकपा (एमाले) रुकुम पुर्वको नवौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले २०४६÷०४७ सालको आन्दोलनमा खेलेको भूमिका होस कि २०५२ सालदेखि सुरु भएको युद्ध ठिक होइन, शान्तिपुर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने बिचार होस्, या त २०६२÷०६३ सालको जनआन्दोलन तथा संविधान जारी गर्ने कुरामा नेकपा एमालेको नीति र बिचार अनुसार सफल भएको बताइन् ।

अर्यालले नेकपा एमाले पहिचान बिरोधी नभएको र सबै जाती सबै भाषा, लिङ्ग, धर्म, सस्कृती, धार्मिक सहिष्णुता सहितको सद्भाव र एकता कायम हुने गरी एकताबद्ध समाज र रास्ट्र निर्माण हुनुपर्छ भन्ने बिचार नेकपा एमालेको भएको बताइन् । नेपालको संविधान आफुले भने अनुरुप नभएको भन्दै भारतले गरेको नाकाबन्दी भोग्नुपरेको बताउँदै सचिव अर्यालले इतिहास सही ढङ्गले भुझ्नु पर्ने र कसको पालामा के भयो भन्ने कुरालाई ध्यान दिन आग्रह गरिन् ।

अर्यालले राजनीतिक अस्थिरताका कारण आज आम जनता निराश हुनु परेको बताउँदै जसको थोरै सिट छ त्यसैको नेतृत्वमा सरकार बन्ने प्रवृत्तिले राष्ट्रलाई थप कमजोर बनाउने बताइन् ।

उनले मुलुकमा राजनीतिक स्थिरताका लागि दुई कित्ताको राजनीतिक धुर्वीकरण आवश्यक भएको बताइन् । उनले जनताका आशाहरुलाई नेकपा एमालेले कुनै हालतमा कुण्ठित हुन नदिने बताउँदै कार्यकर्तालाई आन्तरिक प्रतिष्पर्धा नभई एमाले बिरुद्धको मोर्चाबन्दी र घेराबन्दी तोड्ने कार्यमा एकतावद्व भएर लाग्न आग्रह गरिन् ।

सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय पोलिटब्युरो सदस्य खेममान खड्काले बिगतका दिनको समिक्षा र आगामी कार्ययोजना बनाउने यो अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको इतिहासलाई पनि कायम राख्ने बताए ।

अधिबेशनमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नेकपा एमालेले विकास निर्माणदेखि गुमेको राष्ट्रको जमिन फिर्ता गराउने, रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान केन्द्रीत गराउदै आएको बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुकुम पुर्व इन्चार्ज नवीन रोका मगर, केन्द्रीय सदस्य यमुना रोका, केन्द्रीय सल्लाहकार नन्दलाल शर्मा, छिमेकी जिल्ला रोल्पा अध्यक्ष अमृत बुढा, रुकम पच्छिम अध्यक्ष नन्दराम देवकोटाले सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?