© २०२३
बुटवल, २८ चैत । रुपन्देही ईभेन्टस ब्यवसाय संघले ईदको अवसरमा रजाय मुस्तफा मस्जिद समितिमा आर्थिक सहयोग गरेको छ । संघबाट सामाजिक उत्तरदायित्व अन्तरगत समितिलाई ईफतारी कार्यक्रममा नगद १० हजार रुपैया सहयोग गरिएको हो ।
एक समारोहका बिच संघका अध्यक्ष रबि जयसवाल, उपाध्यक्ष मोहमद ईसरार मुसलमान, सचिव किरण श्रेष्ठ, सहसचिव वासिम अहमद, कोषाध्यक्ष महेश पौडेलले समितिका कोषाध्यक्ष जलिल मियालाई नगद हस्तान्तरण गरेका हुन ।
संघका अध्यक्ष जयसवालले संस्थागत रुपमा ईभेन्टस ब्यवसायीहरु एकजुट भएसंगै ब्यवसायिक हकहित र सामाजिक उत्तरदायित्वमा समेत आफुहरु निरन्तर क्रियासिल रहने बताए ।
समितिका कोषाध्यक्ष जलिल मियाले फागुनको २९ गते शुरु भएको ईद चैत २९ गते समापन हुने भन्दै यो एक महिना अवधिमा लाग्ने खर्च विभिन्न सामाजिक ब्यक्तित्व तथा संघसंस्थाबाट हुदै आएको बताए । एक महिनको अवधिमा करिब ४ लाख ३५ हजार खर्च हुने भन्दै उनले स्वईच्छाबाट सहयोग जुट्ने गरेको बताए ।