© २०२३
सुर्खेत, २८ चैत ।
कर्णाली प्रदेशका नवनियूक्त मुख्यमन्त्री यामलाल कंडेलले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कंडेललाई आज दिउँसो तीन बजे शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको छ ।
कंडेल एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकिकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थन रहेको छ । उनी मंगलवार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कंडेलले आजै पदभार ग्रहण गर्ने जनाइएको छ ।