© २०२३
आज मिति २०८० साल चैत्र २७ गते मङ्गलबार । तदनुसार सन् २०२४ अप्रिल ०९ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४५। चैत्र शुक्लपक्ष, प्रतिपदा तिथि । रेवती नक्षत्र । शुभ योग। किस्तुघ्न करण। मीन राशीमा चन्द्रमा ।
काठमाडौंमा सूर्योदयः प्रातः ५.४८ / सूर्यास्तः १८.२५ बजे ।
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाइलाई आज राज्य पक्षबाट दण्ड जरिवाना पनि हुन सक्छ । साबधान रहनुहोला िजग्गा जमिन सम्बन्धी विवाद नहोला भन्न सकिन्न । तर मध्यान्न पछी केहि सुधार भइ सबैको साथ र सहयोग प्राप्त गर्न सकिएला ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोग तथा शत्रु माथि बिजय प्राप्त होला अधुरा कामहरु सम्पन्न होलान, सबैको साथ र सहयोगले भाग्योदय होला, सबैको प्यारो बन्ने समय छ । तर पश्चिम तिरको यात्रा गर्दा साबधानी अपनाउनुहोला ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कुनै नयाँ कार्य गर्दा विचार गरेर मात्र गर्नु होला, लामो तथा छोटो दुरीको यात्रा हुनसक्छ, मनमा खिन्नता आउनेछ साझ पखबाट समय परिबर्तन भइ शुभ समाचार सुन्न पाइएला।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकुल रहेको छ शत्रु हरु पनि पाउ पर्ने छन् शारीरिक तथा मानसिक रुपमा सबल भइनेछ। तर पनि मध्यान् तिर बाट भने मन मा भय रहनेछ। वृद्धहरुको सेवा गरेमा आजको दिन सफल रहनेछ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारको साथ र सहयोग पाइनेछ, रमाइलो अबसरहरु आउनेछ, समाज सेवामा मन जानेछ , शुभ समाचार ले मन प्रसन्न रहनेछ। तपाई आजको दिन कालो बस्तुको प्रयोग बाट टाढा रहदा राम्रो हुनेछ ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –
पशु चौपाया तथा कृषिजन्य उत्पादन बाट लाभ होला नसोचेको कार्य पुरा हुनाले मन हर्षित रहनेछ । इज्जत तथा प्रतिष्ठामा बृधि हुनेछ, धार्मिक कार्यमा सहभागी हुने अवसर छ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार ब्यबसाय बाट मनग्य आम्दानी होला नयाँ कारोबारको थालनी हुनसक्छ । मनमा केहि भय भएतापनि कार्यमा अबरोध हुनेछैन पत्नी तथा सन्तान पक्ष बाट सहयोग पाइनेछ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन तथा अध्यापनका नया बाटाहरु खुल्नेछन, प्रेम सम्बन्ध प्रगाढ हुनेछ। शारीरिक रुपमा केहि समस्या भएपनि मानसिक शान्ति मिल्नेछ, तर मध्यान्न तिर भने खुट्टा मा चोटपटक लाग्न सक्छ, साबधान रहनुहोला ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधुरा कामहरु सहजै सम्पन्न हुनेछन , ठुलाबडाको संगत होला खान पान तथा मनोरंजनमै समय बित्ला, लामो तथा छोटो दुरीको यात्रा हुन सक्छ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) –
अकस्मात धन प्राप्त हुने समय छ, पति पत्नी बीच आपसी तालमेलको कारण परिवारमा खुसि छाउला, भाग्योदय हुने समय आएको छ, तर साझपख मनमा खिन्नता आउनेछ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लामो समयपछि प्रियजन संग भेट होला , आशा मारेको बस्तु तथा धन प्राप्त हुदा मन हर्सित हुनेछ, तर टाउको दुख्ने समस्या ले सताउन सक्छ, खानपान मा ध्यान दिनुहोला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जागिर तथा नोकरीबाट लाभ हुने समय आएको छ , मान, पद , प्रतिष्ठा प्राप्त हुनाले मनमा हर्ष हुनेछ। परिवार तथा इस्टमित्रको सहयोगले कार्यहरु सफल हुनेछन ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।