Butwal Today

भन्सार एजेन्ट संघमा नयाँ नेतृत्व

२६ चैत्र २०८०, सोमबार
अ+
अ-

भैरहवा, २६ चैत ।

नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको ११ औँ अधिबेशनले मधु पन्थीको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा हिरालाल धोवी, प्रथम उपाध्यक्ष ओम प्रकाश गिरी, द्वितीय उपाध्यक्ष सत्यनारायण चौधरी, तृतीय उपाध्यक्षमा वाके प्रसाद मेडीहार, महासचिवमा विष्णु प्रसाद भुसाल, कोषाध्यक्षमा प्रकाश पौडेल, सचिव गोबिन्द रेग्मी चयन भएको निर्वाचन संयोजक कमल रायमाझीले जानकारी दिए ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा जिवलाल भण्डारी, बिपिन पराजुली, रुक्मांगत खनाल, सीता सापकोटा, अशोक शर्मा, हिमा कुमारी शर्मा, सुमन पन्थ र रामप्रसाद आचार्य चयन भएको निर्वाचन अधिकृत कृष्ण धितालले जानकारी दिए ।