Butwal Today

नेपाल ए र आयरल्यान्ड उल्भ्सबीच तेस्रो एक दिवसीय खेल हुंदै

२५ चैत्र २०८०, आइतबार
अ+
अ-

काठमाडौं,२५ चैत । नेपाल ए ले आयरल्यान्ड उल्भ्ससँग आज तेस्रो एक दिवसीय खेल खेल्दैछ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ।

नेपालले पहिलो र दोस्रो दुवै लो स्कोरिङ म्याच गुमाएको थियो। पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि पाहुना टोली ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भएको थियो। स्पिनरद्वय शाहब आलम र मौसम ढकालले दुई दुई विकेट लिएका थिए।

यस्तै दोस्रो खेलमा पनि नेपालले १७४ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। नेपालले ६० रनमा सबै विकेट गुमाएर लज्जास्पद हार बेहोरेको थियो।