© २०२३
केही बर्षदेखि बिदेश जानेको लहर बढेको छ । काठमाण्डौ बिमानस्थलमा प्रत्येक दिन बिदेश उडनेको भीड देख्न सकिन्छ । हालै मात्र होइन बैदेशिक रोजगारका निम्ति बिदेश लाग्नेको भीड बर्षाँैदेखि चलिरहेको छ । प्रजातन्त्रको आगमनसँगै बिभिन्न देशमा सरकारले बैदेशिक रोजगारको सम्झौता बढाएसँगै यसरी बैदशिक रोजगारका निम्ति भीड निरन्तर बढदै गएको हो । बिगतमा नेपाली यूवाहरू फाट्ट फुट्ट ताइवान, मलेसिया, कतार जाने गर्थे तर मेला नै लाग्नेगरी बिदेश जानेको भीड बढन थालेको चाहिँ प्रजातन्त्रपछि नै हो । करिब तिन दशक पहिले बिदेश जानुभन्दा नेपालमै केही गर्नेको संख्या धेरै थियो । अहिले भने नेपालमा केही गर्न सकिँंदैन भन्नेको संख्या अधिकतम छ । बिगतमा बिदेश जाने भनेको कि त ब्रिटिस आर्मीमा भर्ती भएर जानेहरू थिए कि त ठूला ब्यापारीहरू र हङकङ, सिंगापुर फेन्सी सामान लिन भरियाका रूपमा केही मानिसहरूलाई लिएर केही दिनका लागि जाने गर्थे । अहिले ती कुराहरू कथा बनेका छन । पछिल्लो पिँंढीलाई त यो कुरा थाहा पनि छैन । अहिले दुईसय भन्दा धेरै देशमा नेपालीहरू छापछाप्ती छाइएका छन । यो गतिबिधिलाई हामीले राम्रो भन्ने कि नराम्रो ।
करिब दुई दशक अगाडी बेलायत सरकारले यस्तो नियम ल्यायो कि बिगतका बेलायती सेना तथा उनका परिवारहरूले चाहेमा हडकङ वा बेलायत फर्केर बस्न पाउने भए । त्यो समयमा जस्का कागजपत्र थिए उनीहरू हाम फाल्दै हङकङ र बेलायत गैरहे । रिटायर भएर नेपाल फर्केर स्थाई रूपले बसोबास गरिरहेका भूतपूर्व सेना तथा उनका परिवार पनि पुनः फर्केर बेलायतमै बसोबास गर्न गए । योमात्रै होइन त्यतिबेलासम्म नेपालमा कुनै नीति नबनेका कारण धमाधम नेपालको सम्पत्ति बेचेर बेलायतमै घर किनेर स्थायी रूपमा उतै बस्न लागे । हाल बेलायतमा नेपालीको बाक्लो बसाई छ । उनीहरू त्यहिँ पेन्सन बुझेर वा काम गर्ने गरी खुशीका साथ जीवन बिताइरहेका छन । वास्तवमा हङकङ यस्तो ठाउँ हो जहाँ बेलायतले चाइनासंँग १०० सय बर्षको लागि जिम्मा लिएको थियो । जुन १०० बर्ष पुगेपछि फिर्ता गर्नैपर्ने थियो र फिर्ता गर्यो पनि र त्यहाँ रहेका भूतपूर्व सेना तथा उनका परिवारलाई बेलायमा बस्न जाने कि स्थाईरूपले हङकङमै बस्ने भनि छनोट गर्न पाउने मौका दियो । त्यसपछि भूतपूर्व सेना तथा उनको परिवारमध्ये कति बेलायतमा गइ बसे भने कोही हङकङमै बसोबास गरे । बेलायतको अधिन सकिएपछि हङकङमा बसीरहेका नागरिकले हङकङलाई चाइनाको अधिनमा नभएर स्वतन्त्र राष्ट्र हुनुपर्छ भनि लगातार आवाज उठाईरहेका छन तर उनीहरूको यो चाहना सजिलै पूरा हुनसक्ने देखिँदैन । अचेल त यो आवाज पनि कमजोर हुँदेै गैरहेको छ । आफनो जन्मभुमि बिर्सेर, जन्मघरलाई भग्नाबेशष बनाएर नेपालीहरू सेवा सुविधा र सिस्टममा रहेको भन्दै उतै बसोबास गरिरहेका छन ।
पछिल्लोसमय अध्ययनका लागि अष्टेलिया वा अमेरिका जस्ता देशमा जानेको लहर केही समय पहिले देखि नै चल्यो । बेलायत, जापान तथा युरोपका बिभिन्न देशमा जानेको लहर अहिले पनि चलिरहेको छ । प्लस टु पास गर्नासाथ प्रत्येक बिद्यार्थीको एउटै उद्देश्य रहेको छ कि देश छोडेर बिदेश गएर पढाइ गर्ने । यो सबै कारणले नेपालका कलेजहरूमा ब्याचलर पढने बिद्यार्थी नै नपाएर कतिपय कलेज हाल खाली हुन थालेका छन । बिद्यार्थी बिदेसिने यस्तो अवस्थालाई रोक्नका लागि हाल नेपाल सरकारले बाहिर पढ्न जान ब्याचलर गर्नुपर्ने नियम ल्यायो । तर ठूलो ब्यापारका रूपमा कन्सल्टेन्सी चलाएकाहरूको बिरोधका कारण त्यो निर्णय पनि सरकारले फिर्ता ग¥यो । अहिले प्रत्येक दिन बिमानस्थलमा लावालस्करका साथ बाहिर पढ्न र रोजगारीका लागि बिदेश जानेको भीड लागिरहेको छ । कहिलेसम्म यसरी बाहिर जानेको भीड चलीरहने हो र देशमा यूवाहरू नै सकिने हुन कि भन्ने प्रश्न खडा भएको छ । यतिखेर एकाधघर छोडेर सबै बिदेशमै छन । साउदी, कतार, कोरिया, कुबेत, मलेसिया, दुबईजस्ता देशमा रोजगारका निम्ति गएकाहरू त फिर्ता आउलान तर अन्य देश जापान, अमेरिका, बेलायत, क्यानडा, अस्टेलिया तथा युरोपका राम्रा देश गएकाहरू फर्केर आउने अवस्था देखिँँंदैन ।
अझै अर्को समस्या देखिएको छ, त्यो के भने नेपालमै उच्च शिक्षा हासिल गरेका र नेपालमै केही गरेकाहरू पनि फुत्त फुत्त क्यानडा, अमेरिका, लण्डन आदी जस्ता देशमा परिवार सहित बसाई सरिरहेका छन । यो अवस्था हेर्दा मुलुक कता जांदै छ ? राम्रा र ट्यालेण्ट छानेर देशका युवायुवती बिदेशले तानीरहेको छ । हाम्रा नेताहरू तमासे बनीरहेका छन । हुन त यिनै नेताका नीति नियम, यिनैको भ्रष्टाचार र यिनैको दमन हेर्न, सुन्न र सहन नसकेर नै युवाहरू देशबाट अन्य देशमा भागिरहेका छन । यतिखेर नेपालका घरघरमा बृद्ध बाउआमालाई स्याहारसुसार गर्ने र औषधी मुलो गर्ने सन्तान छैनन् । बाउआमालाई बेलामौकामा तेल भिसा वा भिजिट भिसा मिलाएर बिदेश घुम्न बोलाएपनि त्यो क्षणिक हो । धेरै बसे एक बर्ष बस्छन । बृद्धहरू बिभिन्न देशका भाषा नजान्ने, धर्म संस्कृति नमिल्ने त्यहाँको खानपिन अनि मौसम मन नपराउने र आफ्नो देश तथा आफन्तको यादले सताउने जस्ता कारण धेरै बस्न सक्दैनन् । जति दुःख पाएपनि बृद्धहरू आफनै मुलुक फर्किएर आउँंछन । अहिले नेपालीहरूका चाडपर्व पनि ओझेलमा परेका छन । बुढाबुढी घरमा छन अनि छोराछोरी प्रदेशमा अनि बृद्धहरू उनका सन्तानको आउने बाटो हेर्दै मन दुखाएर उनीहरूका चाडपर्वहरू सकिने गरेका छन । एउटा छोरा वा छोरी बिदेशबाट आएपनि अर्को आउँदैन । नेपाललाई रेमिटेन्स आको छ, परिवारलाई आर्थिक सहयोग त पुगेको छ, तर पैसाले सबै काम गर्दैन । भनिन्छ नि पैसा साधन हो साध्य होइन । बृद्धहरूको स्याहार सुसार गर्न पैसा भएपनि गर्नेमान्छे पाईंदैन । काम गर्ने मानिस कहीँ कतै कसैले भेटाएपनि सन्तानले गर्ने माया मोह जस्तो बाहिरकाको हुंँदैन । बिदेश जाने लहरसंँगै गाउंँबस्ती नै खाली भएका छन । बिदेशका पैसाले शहरमा बिल्डिङ बनेका छन तर देशमा बसिरहेका बाउआमा सुगर, प्रेसर, मुटु, थाइराइड जस्ता रोगबाट पीडित छन । कत्तिका औषधी किनेर ल्याइदिने आफन्तसम्म छैनन् । खानामा मेसो मिलाएर खान दिने आफन्त छैनन् । बुढोलाई बुढीको भर र बुढीलाई बुढोको भर गरी बाँचीरहेका बृद्धहरू धेरै छन भने आपसमा छुट्टीएका बुढाबुढीहरूको अर्को बिलाप छ । अहिले नेपालका घरघरमा यस्तो अवस्था छ ।
सरकार चलाउने नेताले देश खोक्रो पारे । देश बनाउने युवाशक्ति अर्काको देश बनाउन पुगेका छन । राजनीति पूरा फोहरी खेल बनेको छ । जुनसुकै भएपनि राजनीतिक आस्था नबोकी कसैलाई बाँच्न छैन । आस्था अनुसार टाउके नेताहरूले जेजस्तो काम गरेपनि सही नै गरेको भन्नुपर्छ । देश दलाल, गुण्डा र भ्रष्टाचारीले चलाएका छन । स्वाभिमानी र इमान्दार मान्छे यो देशमा बांँच्न सक्दैनन् । देशको अबस्था यस्तो भएपछि युवा शक्ति बिदेसिनु बाहेक अर्को बिकल्प नदेखेर प्रत्येक दिन बिदेसिनेको भिड लाग्ने गरेको छ । स्वयम नेताहरूले नै देशमा सन्तानको भबिष्य नदेखेर बिदेश पठाएको अवस्थामा अन्य टयालेण्ट युवाहरू बिदेसिँंदा मौन बस्नु बाहेक अरू के पो गर्न सक्छन र । अब मुलुक कता जांँदै छ ? युरोप अमेरिकाको बिकास हेरेका नेताहरू हाम्रो देश त्यस्तै बनाउने तिर कहिले सोच्ने ? अब आउने नेता कोही त्यस्तो जन्मेको छ त ? एकाध होलान् तर उनीहरू सधै अल्पमतमा पर्छन् र उनीहरूले केहि गर्न नै पाउंँदैनन् । अब सबै नेपालीले यस बिषयमा गम्भीरताका साथ सोच्ने र अघि बढ्नुपर्ने बेला भएन र ?