ट्रेंडिंग:

>> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी

नविन ज्योति क्लबले प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्दै

२१ चैत्र २०८०, बुधबार
२१ चैत्र २०८०, बुधबार

बुटवल,२१ चैत । तिलोत्तमाको नवीन ज्योति क्लबले प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका खेलाडीहरुमा भएको कला, क्षमता प्रदर्शनको अवसर प्रदान गर्ने र प्रदेशमै खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले चैत २४ गते शनिबारदेखि दोस्रो नबिन ज्योति कप पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता तिलोत्तमा व्याडमिन्टन क्लबको कभर्ड हल तिमोत्तमा वडा नं ६को दश नम्बरस्थित खेल मैदानमा हुने क्लबका सुमन रानाले बताए । प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैया नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र पाउने रानाले बताए । यस्तै उदियमान खेलाडीलाई नगद पुरस्कारले सम्मानित गरिनेछ ।

प्रतियोगितामा भाग लिने टिम र खेलाडीले चैत २२ गतेभित्र क्लबमाा नाम दर्ता गराइसक्नुपर्ने छ । प्रतियोगितामा लुम्बिनी प्रदेशभित्रका मात्र खेलाडीहरु सहभागी हुनुपर्ने, मेभिस ३५० शटल कक प्रयोग गर्नुपर्ने,खेलाडीहरु आफ्‌नो क्लवको जर्सीमा उपस्थित हुनुपर्ने लगायत नियम रहेका छन् ।

चैत्र २२ गते साझ ६ बजेसम्म मात्र नाम दर्ता गर्न सकिने र दर्ता शुल्क २ हजार कायम गरिएको प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई खाना तथा नास्ताको क्लबले व्यवस्था गर्ने खेल संयोजक बिक्रम गुरुङ्गले बताए ।

Photo : File

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?