© २०२३
आज मिति २०८० साल चैत्र २० गते मङलबार । तदनुसार सन् २०२४ अप्रिल ०२ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४५। चैत्र कृष्णपक्ष, अष्टमी तिथि । पुर्वषाढा नक्षत्र । मित्र योग। तैतिल करण। धनु राशीमा चन्द्रमा ।
काठमाडौंमा सूर्योदयः प्रातः ५.५५ / सूर्यास्तः १८.२१ बजे ।
मेष (चु,चे,चो,ला,ली,लु,ले,लो,अ)
काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।
कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
मनमा असन्तोष बढने छ । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।
सिंह ( मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।
मकर(भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।