© २०२३
काठमाण्डौ –
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हराएको छ । बेंगलुरुमा गएराति भएको खेलमा घरेलु टोलीले जितका लागि दिएको एक सय ८३ रनको लक्ष्य कोलकाताले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
कोलकाताका वैंकटेस अय्यरले अर्धशतक बनाए । त्यस्तै सुनिल नारिनले ४७, कप्तान श्रेयस ऐयरले अविजित ३९ रन र फिल साल्टले ३० रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।
उसका विराट कोहलीले अविजित ८३ रन बनाए । क्यामरन ग्रिनले ३३ रन जोडे । कोलकाताको यो दोस्रो जित हो । बेंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ । आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् ।
यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ ।