© २०२३
कठमाण्डौ –
नेपाल विद्युत् प्राधिकरणले सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरूसँग आग्रह गरेको छ ।
देशभरका विभिन्न पालिकाले सडकबत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले तत्काल रकम तिर्न भनेको हो ।
प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणले आज सूचना निकालेर बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती आफैले हटाउने भन्दै सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखेर नियमपूर्वक मिटरमार्फत् सडकबत्ती जडान गर्न आग्रह गरेको छ ।