ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

कर्णाली सरकार पुनर्गठनमा अलमल

११ चैत्र २०८०, आइतबार
११ चैत्र २०८०, आइतबार

सुर्खेत, ११ फागुन ।

कर्णाली प्रदेश सरकार पुनर्गठनमा ढिलाइ हुने देखिएको छ । प्रदेशको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा टुंगो नलाग्दा सरकार पुनर्गठनमा ढिलाई भएको हो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सहितको नयाँ गठबन्धनले संघीय सरकार गठन गरेपनि प्रदेशको टुँगो भने लगाउन सकेका छैनन् । दलहरूबीच कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने नै टुँगो नलाग्दा कर्णाली प्रदेश सरकारको विस्तार वा पुनर्गठन पनि अनिश्चित बनेको हो ।

झण्डै एक महिना अगाडि अचानक सत्ता गठबन्धनमा आएको फेरबदलले प्रदेशको समीकरण पनि परिवर्तन भएको छ । कांग्रेसबाट सरकारमा तीनजना मन्त्री सहभागी थिए । आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले राजीनामा दिएका छन् । तीन वटा मन्त्रालय रिक्त रहेको लामो समय बितिसक्दा पनि सरकार पुनर्गठनमा ढिलाई भएको छ ।

माओवादीले लामो समयदेखि नेतृत्व गरेको कर्णाली प्रदेशको मुख्यमन्त्री भने यपपटक एमालेको भागमा पार्ने गरी छलफल अघि बढेको छ । माओवादीले झण्डै पाँचवर्ष कर्णाली प्रदेश सरकारको नेतृत्व गरिसकेको छ । अघिल्लो प्रदेशसभामा एमालेले बहुमत सदस्य आफ्नो हुँदा पनि सरकार बनाउन पाएको थिएन । त्यसै कारण अहिले सरकारको नेतृत्वमा दाबी गरिरहेको छ । केन्द्रीय तहमा चरणबद्ध छलफल भएपनि टुंगो भने लागेको छैन ।

माओवादीको प्रदेश नेतृत्व अहिलेकै सरकारलाई विस्तार गर्नुपर्ने कसरतमा लागिरहेको छ । मुख्यमन्त्री राजकुमार शर्माकै नेतृत्वमा रिक्त रहेका मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्नुपर्नेमा माओवादी नेताहरूको जोड छ । आफ्नै नेतृत्वको निरन्तरताकै लागि मुख्यमन्त्री शर्मा सहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल समेत गरिसकेका छन् । मुख्यमन्त्री शर्मा सहित माओवादी प्रदेश अध्यक्ष विमला केसी, प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल, प्रदेशसभा सदस्य वीरबहादुर शाहीलगायतले अध्यक्ष दाहाललाई भेटेर प्रदेश सरकार विस्तारबारे छलफल गरेका थिए । उनीहरूले कर्णालीमा वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिनुपर्ने विषयमा प्रचण्डसँग कुरा राखिसकेका छन् ।

माओवादी नेताहरू आफ्नै नेतृत्वको सरकार जोगाउने प्रयत्नमा लागिरहँदा एमाले भने यसपटक सरकारको नेतृत्व लिनेगरी कसरतमा जुटेको हो । यसअघि पटकपटक गठबन्धनबाट धोका पाएको भन्दै एमालेले कुनै पनि हालतमा यो पटक नेतृत्व छाड्न नसकिने जनाएको छ । एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले मुख्यमन्त्रीमा पार्टीको सशक्त दावी रहेको बताए । उनले माओवादी र कांग्रेसले समेत सरकारको नेतृत्व गरेर परीक्षण भइसकेको भन्दै जनताले पनि एमालेको नेतृत्व हेर्न चाहेको जिकिर गरे ।

प्रदेश सरकारको पहिलो कार्यकालमा सबैभन्दा ठूलो दल भएर पनि एमालेले कर्णालीमा सरकारको नेतृत्व गर्न पाएको थिएन । दोस्रो कार्यकाल सुरु हुँदा माओवादी र एमालेबिच कार्यकाल बाँडेर सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । तर लगत्तै केन्द्रीय समीकरण बदलिएपछि एमाले प्रदेश सरकारबाटै बाहिरिएको थियो । यसपटक पुनः एमाले सरकारमा सहभागी हुँदैछ । तर सरकारको नेतृत्व गर्छ वा माओवादी नेतृत्वकै सरकारमा सहभागी हुन्छ भन्ने विषय अन्योलमै छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धन दलहरूको २४ सांसद छन् । माओवादीको १३ जना सांसद छन् भने एमालेसँग सभामुखसहित १० जनाप्रदेशसभा सदस्य छन् । त्यसैगरी एकीकृत समाजवादीका एक जना सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?