© २०२३
काठमाडौं ।
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीसँग अहिले सरकारी वकिल कार्यालयले बयान लिइएको छ।
आज बिहान सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको हो । बिहान उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।