© २०२३
गुल्मी ।
मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिइन्। उनले तीन साताका लागि आज बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने बताइन् ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले हाल तीन सातालाई सडक बन्द गर्ने निर्णय गरेको हो ।