ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

रुपन्देहीलाई आर्थिक राजधानी घोषणा गर्न सांसद वासुदेव घिमिरेको माग (भिडियोसहित)

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

काठमाडौं, ५ चैत ।

प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् । मुलुककैं मध्यभाग, भारतसँगको व्यापारिक नाका, अन्तर्राष्ट्रिय विमानस्थल, लगानीमैत्री वातावरण, बढ्दो आर्थिक क्रियाकलाप, गौतमबुद्धको जन्मस्थल लगायत विकासको पर्याप्त सम्भावना रहेकोले रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेको सांसद घिमिरेले बताए ।

रुपन्देही आर्थिक राजधानी कहिले शीर्षकमा न्युज बुटवल टुडेले सोमबार समाचार प्रकाशित गरेको थियो । सोमबार संसद बैठकको शून्य समयमा बोल्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले अव्यवस्थित बसोबासीहरुले लालपूर्जा प्राप्त गर्दा तिर्नुपर्ने राजस्व अत्याधिक बढी भएकोले त्यसलाई आधा घटाउन समेत माग गरे । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भूगोल समेत पर्ने रुपन्देही क्षेत्र नं. ५ विकासको दृष्टिकोणले राज्यबाट सधैं उपेक्षित रहेको बताउँदै सांसद घिमिरेले वर्षौं भैसक्दा पनि लुम्बिनी गुरुयोजना सम्पन्न नभएकोले आगामी आर्थिक वर्षमा यथोचित बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

लुम्बिनीमा पर्यटकको आकर्षण बढाउन क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाईको क्षेत्रमा एकीकृत विकासका काम हुनुपर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमा रामापुर—लुम्बिनी—कक्रहवा, फायरलाइन—रुद्रपुर—लोण्डिहवा—मंगलपुर—लुम्बिनी—कक्रहवा,लोण्डिहवा—जोगडा—मोगलहवा—मसिना—शिवलहवा—कक्रहवा, बाँसगढी—लौसा—कञ्चन, पच्चिस बगिया—लोण्डिहवा, सूर्यपुरा—मजदिया, रामापुर—लौधापानी लगायत महत्वपूर्ण सडकहरुको स्तरोन्नती, पुलहरुको निर्माणको साथैं कञ्चन सिंचाई, दानापुर र गैडहवा तालमा पर्यटन पूर्वाधार निर्माणका लागि यथोचित बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?