ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

रुरु गाउपालिका बासिन्दालाई अब निशुल्क रगत

पालिकाहरुको निशुल्क रगत घोषणाको लहर, नीजि र सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीलाई राहत
५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

बुटवल, ५ चैत । लुम्बिनी प्रदेशका केही स्थानिय सरकारहरु आफनो बासिन्दाहरुलाई निशुल्क रगत उपलब्ध गराउने अभियानमा लागेका छन । स्वस्थ्य जस्तो संवेदनशिल विषयमा स्थानिय सरकारको यो कार्यले नीजि र सामुदायिक अस्पतालमा उपचार गर्ने विरामीहरुलाई रगत उपलब्धतामा राहत मिलेको छ । नेपाल रेडक्रस सोसाईटी रक्त सेवा संचार केन्द्र बुटवलमा रुपन्देहीको सैनामैना बाहेक सबै पालिका, कपिलवस्तुको ६ पालिकाले निशुल्क रगत उपलब्ध गराउने गरि सम्झौता गरेको छ । अर्घाखाँचीमा सन्धिखर्च नगरपालिका, गुल्मी छत्रकोट गाउपालिका ४ महिनाअघि सम्झौता भएको केन्द्रका सदस्य सचिव राधा ज्ञवालीले बताईन । केन्द्रबाट ७ जिल्लाबाट सेवा लिन आउने बताईन । ब्लड बैकबाट मासिक २४ सय युनिट रगत खपत हुँदै आएको छ । यसैगरि २१ सय संकलन हुदै आएको उनले बताईन ।

यसैबिच रुरु गाउपालिकाका बासिन्दालाई निशुल्क रगत उपलब्ध हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र र रुरु क्षेत्र गाउपालिका बिच निशुल्क रगत उपलब्ध गर्ने गरि सोमबार बुटवलमा सम्झौता भएको हो । बुटवलमा रुरु क्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवाली र स्वास्थ्य शाखा अधिकृत छत्र बहादुर अधिकारी र सोसाइटी रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपाने, सदस्य सचिव राधा ज्ञवालीका बिचमा सम्झौतापत्रमा हस्तान्तरण भएको हो । गुल्मीको दोस्रो पालिकाका रुपमा रुरु क्षेत्र गाउपालिकाले सम्झौता गरेको हो ।

कार्यक्रममा रुरु क्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुका बासिन्दालाई पायक पर्ने क्षेत्रका रुपमा रुपन्देही भएको भन्दै यहाँ आउने सेवाग्राहीलाई लक्षित गरि सेवाको भावनाका साथ काम अघि बढाएको बताए । विपन्न नागरिकहरु जो सेवा लिन आउदा सहज रुपमा रगत उपलब्ध गराउने गरि समन्वयकारी भुमिका खेल्न सुझाव दिए । पालिकाबाट निरन्तर स्थानिय बासिन्दाहरुको स्वस्थ्यको क्षेत्रमा विविध काम गर्दै आएको उनले बताए । स्थानिय सरकार जनताको ससाना आवश्यकता पूरा गर्ने गरि अभियानमा आफू लागेको उनले बताए । मासिक रुपमा रगत उपलब्ध गराएको रिपोर्ट पठाउने र त्यसवापत भुक्तानी हुँदै आएको उनले बताए ।

रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपानेले निरन्तर रगतको अभाव आउने गरेको बताए । ३५ हजार युनिट वितरण गरेको भन्दै उनले यो प्रत्येक वर्ष रगतको माग बढ्दो रहेको बताए । पालिकाको परिचयपत्रको आधारमा निशुल्क रगत उपलब्ध गराउदै आएको उनले बताए । रगत ब्यवस्थापन चुनौतीको विषय भएको उनले बताए । यता लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीलाई निशुल्क रगत घोषणा गरेको छ जसले गर्दा सरकारी अस्पतालमा सेवा लिने विरामीहरुलाई सहज भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?