© २०२३
बुटवल, ४ चैत । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा बसोबास गर्ने वडाभित्र रहेका जेष्ठ नागरिकहरुलाई तिर्थाटन गराएको छ । जेष्ठ नागरिकहरुलाई पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडी धाम र पाल्पाको रानीमहल क्षेत्रको तिर्थयात्रा गराएको हो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रवक्ता तथा वडा नम्बर १५ का वडा अध्यक्ष शिब रानाका अनुसार ६५ जना जेष्ठ नागरिकहरुलाई तिर्थ यात्रा गराइएको हो । जेष्ठ नागरिकहरुको अनुभव नया पुस्ताका लागि महत्वपूर्ण हुने भन्दै यही योगदानलाई जोड दिएर सम्मानस्वरुप तिर्थ यात्रा गराएको उनले बताए ।
वर्तमान सुन्दर समाज जेष्ठ नागरिकहरुको पसिना र मिहिनेतको देन भएको भन्दै उनले नया पुस्ता उहाहरुको सधै आभारी रहने बताए । तिर्थ यात्राको क्रममा जेष्ठ नागरिकहरु पहाडी मनोरम दृष्य, ऐतिहासिक र धार्मिक सम्पदाको चाखपुर्वक अवलोकनसंगै एक अर्कोको विचमा सद्भाव बढ्ने वातावरण सृजना भएको उनले बताए । तिर्थ यात्रामा वडा नम्बर १५ का वडा अध्यक्ष शिव राना सहित अन्य जनप्रतिनिहरुको समेत सहभागीता रहेको थियो । गतबर्ष वडाले नवलपरासी जिल्लाको त्रिवेणी थाम तिर्थ यात्रा गराएको थियो ।