ट्रेंडिंग:

>> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया

अस्पतालको एमआरआई मेसिन खरिदमा फेरि चलखेल !

अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारबाट १३ करोड बजेट बिनियोजन भएकोमा डलरको भाउ बढ्दा टेन्टर भएर रोकिएको थियो । यो आर्थिक वर्षमा प्रदेश सरकारबाट १७ करोड रुपैया बजेट बिनियोजन भएसंगै मेशिन खरिदमा विधिभन्दा बाहिर गएर टेन्डर दिने चलखेल शुरु भएको हो ।
४ चैत्र २०८०, आईतवार
४ चैत्र २०८०, आईतवार

बुटवल, ४ चैत ।

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन खरिदमा चलखेल बढेको छ । अघिल्लो आर्थिक वर्षमा विवादकै बिच टेण्डर भए पनि रकम अभावले रोकिएको मेसिन खरिदमा फेरि चलखेल सुरु भएको छ ।

यो आर्थिक वर्षमा प्रदेश सरकारबाट मेसिन खरिदका लागि १७ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । अस्पतालमा सामान खरिदका लागि तोकिएकै कम्पनीलाई बुझाउन स्पेशिफिकेशन मिल्ने गरी करारका चिकित्सकबाट हस्ताक्षर गरी काम अघि बढाइएको छ । मेसिन खरिद टेन्डरको काम विधि मिचेर अगाडि बढेपछि अस्पतालमा चिकित्कसहरु बिचमा नै विवाद बढेको छ ।

प्रमुख कन्सल्टेन्स रेडियोलोजिष्ट डा सुरेश थापालाई कुनै जानकारी बिना नै अस्पतालका मेसु डा. सुदर्शन थापाले काम अघि बढाएपछि विवाद चुलिएको छ । मेसु थापाले आफू अनुकुलको करारको चिकित्सक डा. प्रशान्त आचार्यलाई प्रयोग गरेका छन् । अस्पतालमा पटकपटक नयाँ सामान खरिद गर्दा विधि र आवश्यकताको आधारमा भन्दा पनि कमिशनको चलखेलमा ल्याउने गरिएको श्रोतको दाबी छ । मेशिन खरिद चलखेलमा केही राजनीतिक दलका नेताहरु पनि लागेको श्रोत बताउँछ । ‘फिलिप्स कम्पनीको मेसिन भित्र्याउने गरी सप्लायर्ससंग आन्तरिक रुपमा चलखेल भएको छ’—नाम नबताउने शर्तमा एक कर्मचारीले भने । सरकार परिवर्तनसंगै छिटोभन्दा छिटो टेन्डरको काम सक्ने गरी काम अघि बढेको उनको दाबी छ । विज्ञ समिति गठन गर्नुपर्ने प्रावधान रहेको भए पनि त्यसलाई वास्ता गरिएको छैन । विवाद बढेपछि टेन्डर विज्ञापनको काम रोकिएको छ ।

अघिल्लो वर्ष अस्पतालमा मेसु डा ईन्द्र ढकालको पालामा प्रदेश सरकारबाट १३ करोड रुपैयाँमा एमआरआई मेसिन टेन्डर भएको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेपछि बजेट अभावकै कारण टेन्डर भएपछि रोकिएको थियो ।

डा. प्रशान्त आचार्यले आफुले स्पेशिफिकेशन मिल्ने गरी अस्पतालमा मेसु डा सुदर्शन थापाको निर्देशनमा हस्ताक्षर गरेको बुटवल टुडेसंग स्वीकार गरे । ‘अन्जान बस हस्ताक्षर गरे’—उनले भने । यो विषयमा डिटेल बुझेपछि आफु पछि हटेको उनले बताए । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिवलाई यो विषयमा आफ्नो असहमति बताएपछि प्रक्रिया रोक्ने प्रतिवद्धता पाएको उनले बताए । यता अस्पतालका मेसु डा सुदर्शन थापासंग सम्पर्कको प्रयास गर्दा फोन सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?