© २०२३
दाङ,३ चैत ।
दाङको घोराही –५ धारापानीमा रहेको पाड्वेस्वर मन्दिरले महाशिवरात्रीको अवसरमा संकलन भएको रकमको आय व्यय सार्वजनिक गरेको छ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक समितिका संयोजक विमल अधिकारीले आय व्यय विवरण पेस गरेका थिए ।
आम्दानी तर्फ ठुलो पिङ ठेक्कावाट १ लाख ८१ हजार ५ रुपैयाँ , सानो पिङवाट ११ हजार, मेला वजार १ लाख ७१ हजार ९ सय ५०, रसीदवाट सहयोग ५४ हजार १ सय ७० , पुजा भेटी तथा दान पेटिवाट २ लाख ८० हजार १ सय , गाडी पार्किङवाट ७९ हजार ८ सय ५३ गरि जम्मा ७ लाख ७९ हजार ७८ रुपैयाँ आम्दानी भएको छ । त्यसैगरी त्रिशूल सलामी सेना यातायात खर्च ११ हजार, साउन्ड सिस्टम र टेन्ट ४२ हजार, मन्दिर परिषर सरसफाइ ३ हजार ५ सय, खाजा नास्ता ३५ हजार ५ सय १० , भजन मन्ड्ली १५ हजार ५ , साधु सन्त दक्षिणा ३१ हजार २ सय ८५ , कर्मचारी , पुजारी र भक्तीनी दक्षिणा ९ हजार ६ सय ५०, भोजनालय खर्च ४२ हजार ५ सय ५५ , कार्ड फोटोकपी ,ठेली स्टेसनरी २४ हजार १ सय ८०, पुजा सामाग्री ६ हजार ७ सय १०, अन्लाईन , प्रचारप्रसार , मिडिया खर्च ३२ हजार ५ सय, सामान ढुवानी तथा मेला व्यवस्थापन १४ हजार ७ सय ५० , फिल्ड मर्मत डोजर र ट्याक्टर खर्च १ लाख, २ हजार ७ सय ८७ रुपैयाँ , भान्से र सहयोगहरुको ज्याला १७ हजार रुपैयाँ गरि ३ लाख ८८ हजार ४ सय ३२ रुपैयाँ खर्च भएको र ३ लाख ९० हजार ६ सय ४६ रुपैयाँ वचत भएको आर्थिक समिति संयोजन अधिकारीले वताए ।
शिवरात्रीको अवसरमा सहयोग गर्ने सम्पूर्ण भक्तजन, दाता, शुभचिन्तक , संघ सस्था , समिति , उपसमिति , सञ्चारकर्मी लगायत सवैलाई धन्यवाद दियको छ । कार्यक्रमको सहजीकरण मन्दिर व्यवस्थापन समिति सचीव विस्णुराम आचार्यले गरेका थिए । शिवरात्रीको अवसरमा यही फागुन २३,२४र२५ गते ३ दिन मेला लागेको थियो ।