© २०२३
काउले डाँडा पर्यटकीय दृष्टिकोणको हिसाबले अनगिन्ती सम्भावना बोकेको ठाउँ हो ।
पाल्पा आफैमा एतिहासिक स्थान हो । धार्मिक र पर्यटकीय दृष्टिकोणको हिसाबले अनगिन्ती सम्भावना बोकेको ठाउँ हो । इतिहासकै कुरा गर्दा विर योद्धाहरुको भूमि पनि भनी केही ऐतिहासिक किताबहरूमा पढ्न पाइन्छ ।
प्रसिद्ध .धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थलको खानीको रुपमा पाल्पा जिल्ला चिनिन्छ । जसमध्ये काउलेडाँडा हेर्दामा इलामको तिर्सना मेटाउने अनि पर्यटकको लागि मनमोहक दृष्यले मन आनन्दित हुने जहाँ उभिएर घण्टौ सम्म पनि उत्तरतर्फको माछापुच्छ«्रे हिमालको मनोरम दृष्यको आनन्द लिन सकिन्छ ।
यो स्थान निस्ती गाउँपालिका, वडा नं. ३ झिरुबासमा अवस्थित छ । सहरको कोलाहलबाट टाढा आफैमा पर्यटकीय स्थलको ठूलो सम्भावना बोकेको यो ठाउँ बुटवलबाट करिब १०५ किलोमिटर टाढा र पाल्पाको रामपुरबाट २७.७ किलोमिटर दक्षिण÷ पुर्वी भेगको १५१० मिटरको उचाईमा रहेको ठाउँ हो ।
पहिला घना जङ्गल रहेको यस स्थानमा बाउबाजेको पालामा मासिएको रूख (वोटविरुवा) सोही स्थानका मानिसहरूले अब कसो गर्ने हो भनेर छलफल गर्दा जिल्ला वनविभाग पाल्पाबाट सहयोग स्वरुप ती नाँङ्गा डाँडाहरूमा अमरिसोको खेति गर्दा राम्रो हुने अनि आयस्रोत पनि हुने सुझाव पछि २०६६ सालबाट सुरुवात गरिएको स्थानीय खिम बहादुर मल्ल बताउँछन् ।
हाल यस स्थानमा ७ करोडको भन्दा बढी बार्षिक आम्दानी गदै आएको र काउले डाँडाडाँडामा होमस्टे पनि संचालनमा आएको छ । मगर र ठकुरी समुदायका मानिसहरुको बढी बाहुल्यता भएको यो स्थानमा पाहुनाहरुका लागि साँस्कृतिक नृत्यको तैयारी पनि अन्तिम चरणमा पुगेको छ । उत्तरतर्फ हिमालहरूको मनमोहक दृष्य, पूर्वमा अग्ला डाँडा, दक्षिणमा कावासोती बजार सम्मको दृष्य यस स्थानमा देख्न सकिन्छ. ।
अमरिसोको भरिपूर्ण काउले डाँडा अनि साँझको घाम अस्ताएको बेला कुनै बेग्लै संसारमा आएको अनुभूति आफैमा अविस्मरणीय देखिन्छ । जसले हरेकको मन लोभाउन सक्ने अप्राकृतिक शक्तिको आभास गराउँछ ।
१५९० मिटरको उचाईमा रहेको कारणले गर्दा पाल्पा तानसेनको जस्तै’ हावा पानी (मोसम) पाउन सक्छ । भविष्यमा स्थानीयको साँस्कृतिक नृत्य, काउले डाँडाको मनोरम दृष्य र प्रकृति जित काउलेडाँडाा रमाउन सकिने यस स्थान अटुट सम्भावना बोकेको ठाउँ रहेको महसुस सबैले गरेका छन् ।