ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन

२ चैत्र २०८०, शुक्रबार
२ चैत्र २०८०, शुक्रबार

बुटवल, २ चैत ।

उपप्रधान एवं भौतिक, योजना तथा निर्माणमन्त्री रघुविर महासेठले शुक्रबार सिद्धबाबा सुरुङमार्गको अनुगमन गरेका छन् ।

सुरुङमार्गको अनुगमनका क्रममा उनले हालसम्म भएको भौतिक प्रगतिको बारेमा जानकारी लिंदै २०८३ सालभित्रै सुरुङ मार्ग निर्माण गरिसक्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले यसका लागि बजेटको अभाव हुन नदिने पनि बताए ।

सिद्धबाबा सुरुङमार्ग निर्माणले पछिल्लो ६ महिनायतो गति लिएको छ । ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा बन्ने सुरुङ मार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको हो । दुई महिनादेखि रातको समयमा सिद्धार्थ राजमार्गमा गाडीको आवागमन बन्द गरेर काम अघि बढाइएको छ ।

हालसम्म सिद्धबाबा मन्दिर साइटतर्फ मात्रै करिब ३५ मिटर सुरुङ खनिएको छ । अर्कोतर्फको साइटमा सुरुङ परिसरलाई व्यवस्थित बनाउने काम सकिएपछि अर्को सातादेखि खन्ने काम सुरु हुने आयोजनाले जनाएको छ । सुरुङसँगै तीन ठाउँमा आपतकालीन मार्गसमेत खनिएको छ ।

आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले अहिलेसम्म १७ प्रतिशत भौतिक प्रगति भएको र कामले रफ्तार लिएको बताइन । उपकरण, कामदार, साइट क्लियरदेखि बजेटसम्मको सबै प्रबन्ध ठीकठाक चलिरहेको उनको भनाइ छ ।

कार्यस्थलमा खटिएका साइट इन्जिनियर रितेश पौडेल र सिनियर सर्भेयर मोहन बोहोरासहितको प्राविधिक टोली सुरुङ निर्माणस्थलमा नियमित खटिएको छ । उनीहरुका अनुसार त्यहाँ चिनियाँमात्रै ३५ जना इन्जिनियर खटिएका छन । त्यस्तै १०० जना नेपाली प्राविधिकले नियमित काम गरिरहेका छन ।

गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । लामो समयको छलफल र बहसपछि सिद्धबाबामा सुरुङ मार्ग निर्माण आयोजना कार्यान्वयनमा आएको थियो । सुरुङ मार्ग बनेपछि र बाँकी खण्ड पनि फराकिलो भएपछि यस खण्डमा ढुक्कसँग हिँडडुल गर्न सकिने स्थानीयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?