ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

‘बिचित्र गुफा’ मा विदेशी पर्यटक

२८ फाल्गुन २०८०, सोमबार
२८ फाल्गुन २०८०, सोमबार

गुल्मी, २८ फागुन । सुन्दा पनि अचम्मै लाग्ने नाम हो बिचित्र गुफा । गुफा भित्र देखिने विभिन्न चित्रहरूका हजारौं आकृतिहरूले सजिएर होला सायद उक्त गुफाको नाम नै बिचित्र गुफा रहेको छ । गुल्मीको सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका ५ अन्र्तगत बस्तुमा यो गुफा अबस्थित छ । बिचित्र गुफा धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महवपूर्ण मानिन्छ । २०४५ सालमा गाउँमा बारीमा मकै खान गएको ढेँडुबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले उक्त गुफा पत्ता लगाएका हुन ।

विगत लामो सयमदेखि बिचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बनेको थियो । तर पछिल्लो समयमा यसको प्रचार प्रसारमा स्वदेशमा मात्र नभई विदेशमा पनि हुन थालेको छ । त्यही प्रचार प्रसारका कारण बिचित्र गुफामा आज पहिलो पटक १७ जना बिदेशी पर्यटकहरूले गुफाको अवलोकन गरेका छन । विभिन्न समयमा संघ संस्थामा काम गर्ने विदेशी नागरिकहरू गुफा हेर्नका लागि आउने गरेपनि यो पटक पर्यटककै रूपमा गुफा हेर्नका लागि पहिलो फ्रान्सेली नागरिकहरू आई पुगेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए ।

धुर्कोट गाउँपालिकाको आग्रहमा अरबिन्द्र आश्रममा योग साधनाका लागि आएका उनीहरू आश्रमका गुरु रामचन्द्र भुसालको नेतृत्वमा फ्रान्सेलीहरूको टोलीले गुफाको अवलोकन गरेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए । उनले आश्रममा आएका विदेशी नागकिहरूलाई गुफा लगायत धुर्कोटका पर्यटकीय क्षेत्रको भ्रमण गराई एक रात धुर्कोटमा बास बसाउने ब्यवस्था गरिने बताएका छन । पहिलो पटक गुफा पुगेपछि फ्रान्सेली नागरिक मार्गट र सोफिया पनि दंग परेका थिए । उक्त ठाउँ निकै रमणीय र सुन्दर रहेको भन्दै आफूहरू स्वदेश फर्केपछि अरू साथीहरूलाई पनि यसको सुन्दरता र रमणीयताको बारेमा जानकारी गराउने बताए । गुफा भित्र देखिएका दृश्यहरू साह्रै आकर्षक कलाले सजिएको उनीहरूको भनाइ थियो । गुफा भित्रबाट निस्किएपछि विदेशी पर्यटकहरू भजनको गीतसँगै नाँचगान गरेर एक आपसमा खुसी साटासाट समेत गरेका थिए ।

करिव एक सय ८५ मिटर लम्बाई एवं तीन सय ५० मिटर चौडा भुभागमा गुफा फैलीएको छ । यति लामो भुभागमा फैलीएको बिचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारहरूको प्राकृतिक आकार देख्न सकिन्छ । त्यहाँका स्थानीय जनार्दन भण्डारीले आफ्नो बारीमा मकै खानकालागि पुगेको अबस्थामा ढेँडुवाँदरलाई लखेट्ने क्रममा उक्त ढेँडुवाँदर एकाएक पहरा (चट्टान) को वीचमा रहेको सानो प्वालवाट भित्र पसेको बताईन्छ । उक्त ढेँडुवाँदर अचानक पहरा भित्र पसेपछि त्यहाँ गुफा रहेको भन्ने पत्ता लागेको स्थानीय समाजसेवी तथा विचित्र गुफा संरक्षण समितिका पूर्व अध्यक्ष युवराज भण्डारीले बताए ।

शुरुमा स्थानीय दश वाह्र वजा स्थानीय मानिसहरू हातमा राँका र लाईट बालेर गुफाभित्र सामुहिक रूपमा छिरेका थिए । त्यसपछि त्यहाँ साच्चिकै गुफा रहेको भन्ने पत्ता लागेको थियो । स्थानीयहरूका अनुसार विक्रम संवत २०४५ सालको असार महिनामा गुफा पत्ता लागेको हो ।
गुफा बाहिरको प्रकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । शुरुमा गुफा पत्ता लगाउने कुरा त्यत्ति सजिलो थिएन । त्यहाँका स्थानीयहरूले निकै जोखिम मोलेर गुफा भित्र पस्ने गरेको आँटलाई यतिबेला सबैले मुक्त कण्ठले प्रशंसा गर्दछन । जसले गर्दा आज यो क्षेत्र ‘बिचित्र गुफा’ को नामले परिचत बनेको छ ।

गुफालाई संरक्षण गर्न एवं पूजाआजा गर्नको लागि स्थानीयहरूले सहयोग गर्दै आएका छन । गुफामा आएका आन्तरिक एवं वाह्य पर्यटकहरूलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वको बारेमा जानकारी गराउने प्रचलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेदेखि भित्ताहरूमा देखिने विभिन्न आकृतिहरूले मानिसहरूलाई टक्क अडिएर एकपटक वरिपरि नियाल्न बाध्य बनाउँछ ।
गुफाको आकर्षण स्वर्ग जाने बाटो

गुफाको मुख्य आकर्षण भनेकोे ‘स्वर्ग जाने बाटो’ हो । यो झनै महत्वपूर्ण मानिन्छ । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरू मात्र भित्र छिर्न सक्ने र पापी मानिसहरू भित्र छिर्न सक्दैनन भन्ने मान्यता छ । स्वर्ग जाने वाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तीको भीमकाय शरीर नै हो । त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ । त्यसदेखि अगाडी कुनै पनि दृश्य नभएकोले पनि उक्त स्थललाई बिचित्रताको अन्तिम दृश्यको रूपमा लिने गरिन्छ ।
जो मानिस त्यहाँ छिर्न सक्छ उसले आफूलाई भाग्यमानी ठान्दछन । गुफा भित्र रहेका विभिन्न जनावरहरूका आकृतिले गुफाको सौन्द्रर्यतालाई थप लाली थपिदिएको छ । गुफा क्षेत्रको विकासको लागि अहिलेसम्म धुर्कोट गाउँपालिका, प्रदेश र संघबाट गरि दुई करोड भन्दा बढी रकम खर्चिसकिएको पालिका अध्यक्ष पोख्रेलले जनाकारी दिए । सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा पर्दछ । गुफा नजिकैसम्म पक्की सडक छ । पक्की सडकदेखि केही कच्ची सडकबाट सबारी साधनको माध्यमबाट पनि सजिलै गुफासम्मको पहुँच पुगेको छ । तर गुफाको महŒवको बारेमा भने अझै प्रचारप्रसार हुन नसकेको स्थानीयहरू बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?