© २०२३
काठमाडौं ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए ।