© २०२३
बुटवल, २२ फागुन ।
११ वर्ष कोरियामा काम गरेर फर्किएका तिलोत्तमा नगरपालिका वडा नम्वर १ नयाँमिल रुपन्देहीका ३५ वर्षीय यूवा व्यवसायी कमल भण्डारीले बुटवल उपमहानगरपालिका–९ स्थित कालिकानगरमा रेष्टुरेन्ट संचालन गरेका छन् । कोरियामा गरेको परिश्रमबाट उनले स्वदेश फर्केपछि रेष्टुरेन्टमा लगानी गरेका हुन् । लगानीको क्षेत्रलाई थप बढाउँदै लैजाने सोँच बनाएको भण्डारीले सुनाए ।
दिनप्रतिदिन सुस्ताउँदै गइरहेको अर्थतन्त्रको चुनौतीका बीचमा भण्डारीले ‘कियाना’ नामक फास्ट फुड तथा रेष्टुरेण्ट संचालन गरेका छन् । उनको रेष्टुरेण्टमा दश जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।
रेष्टुरेण्टको बुटवल उपमहानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले बजारमा निराशा बढ्दै गइरहेको बेला यूवा व्यवसायी भण्डारीले संचालन गरेको रेष्टुरेण्टले नयाँ व्यवसायीलाई उर्जा थपेको उल्लेख गरे । उनले यूवाहरुलाई स्वदेशमा पनि संभावना छन् भन्ने उदाहरण देखाउन व्यवसायी भण्डारीले सुझाव दिए । उद्घाटन कार्यक्रमको सहजीकरण यूवा व्यवसायी प्रकाश खनालले गरेका थिए ।