© २०२३
बुटवल, २० फागुन ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री सदनबाट डराएर भागेको बताएको छ ।
आइतबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले प्रदेशसभा छल्न मुख्यमन्त्री अनेक बहानामा भाग्ने गरेको बताए । “सरकार सदनसित डराएर र तर्सिएर कति दिन चल्छ, सरकारमा बस्नेहरुले सदनमा उठेका आवाज सुन्न सक्नुपर्छ, तर मुख्यमन्त्रीमा यो समस्या देखियो”–उनले भने ।
उनले लुम्बिनीमा आयोजना हुने शिखर सम्मेलनबारे गम्भीर प्रश्न उठाए । उनले अन्तर्राष्ट्रिय आइएनजीओको नाममा शिखर सम्मेलन गर्न खोजिएको भन्दै आपत्ति जनाए । “विवादास्पद आइएनजीओको नाममा बजेट छुट्टयाउने र कार्यक्रम राख्ने कुरा गम्भीर छ, यसमा बजेट बनाउने बेला गठबन्धनका अन्य दलले समेत कुरा राख्न पाएनन्”–उनले भने । उनले मुख्यमन्त्री कतै लेण्डुप दोर्जे त बन्न खोजेका छैनन् ? भनी प्रश्न गरे ।
उनले सबैतिरबाट टिप्पणी उठेको र गम्भीर प्रश्नहरु खडा भएको भन्दै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने बताए । “सुरुमा यसलाई पर्यटन प्रवद्र्धन भनियो, अहिले बालबालिका र शान्तिको नाम जोडिएको छ, सुरुमा मार्च १० देखि १२ भनियो, तर अहिले मार्च ११ र १२ भनिएको छ”–उनले भने, “दलाई लामा समेत संलग्न भएको लौरियट्स एण्ड लिडर्सलाई यहाँ सहभागी गराउन खोजिएको छ”–घिमिरेले भने–“यसले चीनसँगको सम्बन्धलाई समेत खल्बल्याउन खोजिएको छ ।” उनले सदनलाई जानकारी नदिइकन गुमराहमा पारेर विदेश भ्रमण गरेको र बुद्धको जन्मभूमिमा यो सम्मेलन गर्न लागिएको भन्दै यसबारे गम्भीर बहस आवश्यक रहेको बताए । उनले यसले मुलुकको असंलग्न परराष्ट्र नीतिमै चुनौती आएको बताए ।
घिमिरेले प्रदेशसभालाई सरकारले बिजनेशबिहीन बनाएको पनि बताए । “संसदलाई सकरारले कुनै पनि बिजनेश नदिएर बिजनेशबिहीन बनाएको छ”–उनले भने । यो सदनले सरकारका ८ महिनाको काम कारवाहीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने पनि घिमिरेले बताए ।
मिनि पार्लियामेन्ट मानिने संसदीय समितिको नेतृत्व चयन नभएकोमा पनि उनले आक्रोश व्यक्त गरे । मुख्यमन्त्रीले आफ्नै प्रतिवद्धता अनुरुप संसदीय समितिका सभापति चयन गर्न नसकेको र एमालेसँग भएका सम्झौता कार्यान्वयन र आफ्नै आश्वासन समेत पूरा गर्न नसकेको घिमिरेले बताए ।
अयोग्य र असक्षम मुख्यमन्त्रीलाई बोकिरहनुपर्ने के बाध्यता आइलाग्यो भन्दै उनले गठबन्धनका अन्य दलहरुलाई समेत प्रश्न गरे । मुख्यमन्त्रीले प्रत्येक दिन ढाँट, छल र बेइमानी गरिरहेको उनले बताए । “सदन र प्रतिपक्षीलाई ढाँट्नु भनेको जनतालाई ढाँट्नु हो, मुख्यमन्त्रीले प्रत्येक दिन ढाँट र छल गरिरहेका छन्”–उनले भने । घिमिरेले प्रतिपक्षीको शालिनतालाई कमजोरी नठान्न पनि सरकारलाई चेतावनी दिए । संसदले पारित गरेका योजना मुख्यमन्त्रीले रोकेको भन्दै घिमिरेले यसतर्फ गम्भीर ध्यानाकर्षण गराए ।
“सदनले पास गरेको बिनियोजन विधेयकको आयोजना मुख्यमन्त्रीले रोक्न मिल्दैन”–उनले भने । घिमिरेले सदनले पारित गरेको बजेट मुख्यमन्त्रीले मनपरि खर्च गरिरहेको आरोप लगाए । उनले मुख्यमन्त्री चौधरीलाई निकम्मा र असक्षम भन्दै मुख्यमन्त्री मान्न नसकिने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी