© २०२३
बर्दघाट, १८ फागुन । बर्दघाट नगरपालिकामा संचालन हुने भनिएको महोत्सव बिबाद चरम उत्कर्षमा पुगेको छ । बर्दघाट नगरपालिकाले सहमती कार्यन्वयन नगरेको भन्दै बर्दघाट उद्योग वाणिज्य सँघका पदाधिकारले शुक्रबार धर्ना दिएका छन । सँघका पदाधिकारी र सदस्यहरुले कालो पट्टी बाँधेर नगर प्रमुखको कार्यकक्ष बाहिर धर्ना दिएका हुन ।
सातौँ बर्दघाट महोत्सव सँचालनका लागि नगरले फागुन २ गते सहमती दिएर पुनः फागुन ११ गते महोत्सव स्थगित गर्न सँघलाइ पत्र काटेको थियो । नगरले सहमती दिए लगत्तै जिल्ला प्रशासन कार्यालयको समेत अनुमति लिइ सँघले फागुन १७ देखी २९ सम्म महोत्सव सँचालन गर्ने गरी तयारी गरिरहेको थियो । यसअघि मेला लगाउनका लागि नगरपालिकाले बाणिज्य संघलाई अनुमती प्रदान गरेकोमा हाल आएर बिबाद पछि आफ्नै निर्णयबाट नगर पछि हटेको ब्यवसायीको भनाई छ ।
“मेयर साबले आफैले अनुमती दिनु भो, हामीले सामान झार्यौ, अहिले आएर एकपक्षीय कुरा सुनेर आफ्नै निर्णयमा टेक्न सक्नु भएन । लाखौ खर्च भयो यसको जिम्मा कसले लिने ? यस्तो अपरिपक्व निर्णय आउला भन्ने कल्पना समेत गरेका थिएनौ । “बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले भने ।
के नगरपालिका कुनै एउटा समूह वा कसैको मात्र हो हाम्रो होईन । निजि क्षेत्रलाई स्थानिय सरकारले गर्ने व्यवहार यहि हो? न्यौपानेले प्रश्न गरे । “हामिलाई स्थानिय सरकाले नगरका हरेक गतिविधिमा जिम्मेवारी दियोस हामीलाई उच्चतम प्रयोग गरियोस ताकी हाम्रो पनि उतिकै योगदान रहोस भन्नेमा हामी छौ । तर हामिलाई शत्रुताको ब्यवाहारले हेरिदै छ।हामी आक्रोशित होइन दुखित छौ“के हामिलाई ती विद्यार्थीको भविष्य अनि ती ब्यवसायीको चिन्ता नै नभएको हो त ?बिकल्प नै मेला रोक्नु मात्रै हो त ? अध्यक्ष न्यौपानेको भनाइ थियो ।
नगरले केहि ब्यवसायीहरुले मेला रोकिनुपर्ने भन्दै हस्ताक्षर सँकलन गरेको र कक्षा ८ को परिक्षा र एसइइ परिक्षाको कारण देखाउँदै मेला स्थगन गर्न निर्देशन दिएको थियो । “मुलतः बिद्यार्थीकै कुरा आएपछि हामी पछी हटेका हौ, अरु कारण छैन । मेला नै लाग्दैन लाग्नु हुन्न भन्ने होइन एसईई पछी लगाउला“ नगर प्रमुख शम्भुलाल श्रेष्ठले भने । आईतवार आधिकारिक निर्णय गरेर उद्योग बाणिज्य संघलाई पत्राचार गरिने नगरप्रमुख श्रेष्ठले बताए ।