ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पर्यटन व्यवसाय फस्टाउन सरकारी पक्षले तत्काल गर्नुपर्ने २५ काम

१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

एक अर्काबीच प्रतिष्पर्धा होइन, एकले अर्काको प्रवद्र्धन अर्थात ‘प्रोमोटिङ इच अदर’ नारासहित नेप्लिज होटेलियर्स एशोसिएसन एनएचए लुम्बिनी विधिवत दर्ता भइ क्रियाशील रहेको छ । यो संस्था लुम्बिनी प्रदेशभित्रका सबै जिल्लाहरुमा सञ्चालित पर्यटकस्तर र त्यसभन्दामाथि पांच तारेसम्मका मापदण्ड पुगेका होटेलहरुको साझा संस्था हो । यस संस्थामा हालसम्म करिब ४० वटा होेटेल आवद्ध भइसकेका छन् भने अरु होटल पनि आवद्ध हुने क्रममा छन् ।
होटल व्यवसायलाई थप गुणस्तरीय ,मर्यादीत बनाउने र नेपाललाई उत्कृष्ट गन्तव्य बनाउन भूमिका खेल्ने गरी अघि बढेको छ ।

हस्पिटालिटि क्षेत्रमा नया प्रोडक्ट खोजी र नया पर्यटकीय गन्तव्य खोजी तथा प्रवर्द्धनमा पनि क्रियाशील रहने छ । जस्तै नेपालको स्वच्छ हावापानी हिल स्टेशन , ऋषिमुनिका तपो भूमि र शान्ति भूमि लुम्विनी लाई अन्तराष्ट्रिय स्तरमा ब्रान्डिङ् गरी पर्यटक आकर्षित गर्न सरकारलाई सहयोग गर्ने पनि हाम्रो संस्थाको उद्देश्य छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,बेलहिया नाका, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, ६ लेन सडक जस्ता पुर्वाधारले विशेषगरी रुपन्देही होटेल व्यवसायको हब बनेको छ । यहां होटल व्यवसायमा खरबौंं लगानी भएको छ । तर राज्यका गलत नीति नियम, कानुन र बनेका पुर्वाधार पूर्ण क्षमतामा चल्न नसक्दा पर्यटक अभावमा होटेल व्यवसायले लगानी अनुसार प्रतिफल उठाउन सकेको छैन । बरु लगानी जोखिममा परेको छ ।
बेलहिया नाकाबाट कोरोना अघि डेढ लाख विदेशी पर्यटक आएकामा गत वर्ष ८० हजार मात्र विदेशी पर्यटक आएको तथ्यांकले यस क्षेत्रका होटेल व्यवसाय संकटमा परेको स्पष्ट छ ।
पर्यटन क्षेत्रलाई चलायमान बनाउन र होटेलमा भएको खर्बौं लगानीबाट व्यवसायीले प्रतिफल पाउने वातावरण बनाउन एनएचएले सरकारसंग निम्न मागहरु गर्दछ
१. तीनै तहका सरकारले नेपालको समृद्धिको एउटा मुख्य आधार स्तम्भ पर्यटन हो भन्दै आएपनि खरबौं लगानी भएको होटेल व्यवसायलाई उद्योगको मान्यता दिइएको छैन ।
तसर्थ होटेल व्यवसायलाई उद्योग सरह मान्यता दिइनु पर्दछ । उद्योग सरह मान्यता पाउंदा विद्युत महसुल, बैंक ब्याज दर भन्सार दर लगायतमा सहुलियत पाउन सकिने हुदा व्यवसाय धराशायी हुनबाट जोगिन्छ ।
२. भारतसंग सीमा जोडिएका भन्सार नाका र अध्यागमन कार्यालयहरु परम्परागत, अव्यवस्थित भएकाले पर्यटकले झन्झट र सास्ती ब्यहोर्नुपरेको छ । ती कार्यालयहरुलाई आधुनिक प्रविधियुक्त, पर्याप्त जनशक्तियुक्त छिटोछरितो सुविधायुक्त बनाउन माग गर्दछौं ।
३. भारतीय पर्यटकलाई निश्चित रकम अर्थात् २५ हजार मात्र ल्याउन पाउने प्रावधानले नेपालको पर्यटन व्यवसाय फस्टाउन र विदेशी मुद्रा आर्जन गर्न नसकेकाले पर्यटकले चाहे जति रकम ल्याउन दिने व्यवस्था यथाशीघ्र बनाउन माग गर्दछौं ।
४. भारतीय पर्यटकका सवारी साधनलाई सीमाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्थालाई संशोधन गरी भारतसँग जोडिएका जिल्लाहरूको पुरै भाग सम्म आउन दिनुपर्ने र सडकमा प्रहरीबाट भारतीय पर्यटकका गाडी अनावश्यक चेकजांच नगरी सम्मानजनक व्यवहार गर्ने व्यवस्था मिलाउन माग गर्दछौं । किनकी भारतसँग जोडिएका जिल्लाका होटल व्यवसाय र पर्यटन उद्योग फस्टाउनसक्ने मुख्य आधार अहिले भारतीय पर्यटक नै हुन् ।
५. पर्यटकलाई यात्रा गराउने पर्यटक गाडी खरिदमा भन्सार सहुलियत सुविधा दिइयोस् ।
६. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यथाशीघ्र पूर्ण क्षमतामा चलाउन, बुटवल–नारायणगढ सडक निर्माणमा भएको ढिलासुस्तीले रुपन्देही र आसपासका जिल्लाको होटेल व्यवसायमा झण्डै ५० प्रतिशत गिरावट आएकाले यो सडक यथाशीघ्र पूरा गर्न माग गर्दछौं । बुटवलको सम्मेलन केन्द्र सञ्चालनमा लागि नेपलिज होटलियर्स एशोसियसन सञ्चालनको लागि तयार रहेको छ ।
७. प्रदेशका मुख्य पर्यटकीय स्थलबारे ठाउं ठाउंमा स्तरीय पर्यटन सूचना केन्द्र स्थापना गर्न माग गर्दछौं ।
८. होटेलमा कार्यरत कर्मचारी र कामदारको क्षमता बृद्धिका लागि एड्भान्स टुरिज्म तालिमको व्यवस्था गर्न सम्बन्धित सरकारी निकायबाट आर्थिक र प्राविधिक सहयोगको माग गर्दछौं ।
९. बुटवलमा रात्रिकालीन व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन र सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन माग गर्दछौं ।
१०. सरकारले पर्यटनलाई प्राथमिकता दिएर पर्यटन क्षेत्रको प्रवर्धनमा लगानी केन्द्रीत गर्न माग गर्दछौं । जस्तै पर्यटकीय क्षेत्रमा पुग्न गुणस्तरीय सडकको पहुंच, स्तरीय यातायात सेवा, पर्यटकमैत्री पुर्वाधार, विदेशी पर्यटकको आगमनमा गुणात्मक बृद्धि गर्न विशेष अभियान सञ्चालन गर्न माग गर्दछौं ।
११.बुटववलको जितगढी किल्लामा नेपालले अंग्रेज फौजलाई परास्त गरेको विषयलाई युरोप लगायत मुलुकमा प्रचार गरी पर्यटक आकर्षित गर्न सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने हाम्रो माग छ ।
१२. नेपाल र नेपाली बीर गोर्खालीको पहिचान भए पनि यसलाई प्रवर्द्धन गर्न नसकिएकाले अब यसलाई पर्यटन प्रडक्ट बनाउन आवश्यक छ ।
१३. अतिथि देवो भवको मौलिक संस्कृति भएपनि नेपाली कलेजहरुले होटेल म्यानेजमेन्टको इन्टर्नसीप विदेशमा गराउने परिपाटी बढेकाले त्यो रोकेर विदेशी लाई नेपालमै ल्याउने व्यवस्था सरकारले मिलाउनुपर्ने ।
१४. बुटवल, तिलोत्तमा,भैरहवा जोडेर मेगासिटी बनाउनुपर्ने ।
१५. बुद्ध जन्मस्थल लुम्बिनीमा बिहारहरु नियम विपरित गेष्ट हाउसमा परिणत भएकाले होटेल व्यवसायमा ठूलो असर परेकाले यसलाई नीति बनाएर रोक्नुपर्ने ।
१६. लुम्बिनी शान्ति भूमि भएपनि ध्वनी प्रदुषण र कोलाहलयुक्त वातावरण भएकाले शाइन ल्याङग्वेज अनिवार्य गरी शान्तिपूर्ण वातावरण बनाइनुपर्ने ।
१७. भैरहवा विमानस्थलमा बन्ने नया टर्मिनल भवनलाई बुद्धत्व झल्किने गरी डिजाइन गर्नुपर्ने ।
१८. लुम्बिनीलाई शान्ति शहर, ध्यान र योगा केन्द्रको रुपमा विकास गर्न सरकारको ध्यान जानुपर्छ ।
१९. नेपाली आकाशलाई कालोसूचिबाट हटाउन सरकारले अबिलम्ब पहल गर्नुपर्ने ।
२०. आन्तरिक उडानमा नेपाली र विदेशीलाई हवाइ भाडा दर समान हुनुपर्ने ।
२१. प्रदेशका हिल स्टेशनमा भारतीयलाई आकर्षित गर्न, शसस्त्र युद्ध प्रभावित क्षेत्रहरुमा गुरिल्ला ट्रेक र युद्ध संग्रहालय निर्माण गरेर पनि विदेशी पर्यटक भित्राउन सकिने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण होस ।
२२. रुपन्देहीलाई क्यासिनो हब र नाइट लाइफ र डेस्टिनेसन वेडिङ ९भारतीयहरु यहां आएर विवाह र भोज गर्ने गन्तव्य० को रुपमा विकास गर्न सरकारले निजी क्षेत्रलाई सहयोग गरोस् ।
२३. तारे होटेलको मापदण्ड कोठाको संख्यामा नभई गुणस्तरीय सेवाका आधारमा तय गरिनुपर्छ ।
२४. पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारका सम्बन्धित निकाय र निजी क्षेत्रका पर्यटनसंग सम्बन्धित संघ संस्थाबीच नियमित छलफल र वहस गर्नुपर्ने ।
२५. प्राकृतिक सुन्दरता, आधा घण्टाकै फरकमा अलग अलग हावापानी, रमणीय वातावरण, बुद्धजन्मस्थल लुम्बिनी लगायतका विश्व सम्पदा भएकाले यहाँ माइस टुरिजम अर्थात मिटिङ, इन्सेन्टिभ,कन्फेरेन्स र एक्जिबिसनको राम्रो संभावना भएकाले माइस टुरिजमलाई बढावा दिने गरी सरकारी नीति नियम बनाइनुपर्छ ।
अध्यक्ष
नेप्लिज होटेलियर्स एशोसिएसन लुम्बिनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?