ट्रेंडिंग:

>> ‘सामाजिक सञ्जाल नियमन गरौं’ >> मालपोतको ५ हजार घुस, लेखन्दासले पारे फास्फुस ! >> लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणः दैनिक २१० जना कामदार काममा >> माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै >> देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना >> प्रथम सहिद लखनको स्मृतिमा फुटबल प्रतियोगिता हुने >> कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ >> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप
रुपन्देहीमा दोस्रो मेयर कप तथा छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिस प्रतियोगिता २०८०

खेलकुद तथा सास्कृतिक क्षेत्रमा प्राथमिकता दिएको नगरप्रमुख पाण्डेको दाबी

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन । रुपन्देहीमा दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० शुरु भएको छ । लनटेनिस खेलको विकास र खेलाडीलाई प्लेटफर्म दिने उदेश्यका साथ बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही लनटेनिस संघको आयोजनामा मंगलबारदेखि प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेलाई बल हस्तान्तरण गरि समुद्घाटन गर्दै स्थानिय सरकार खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण लगानी गरेको बताए । ‘वार्षिक साढे ३ करोड रुपैया बजेट खेल क्षेत्रमा बिनियोजन गरेका छौ ।‘– उनले भने । शिक्षा र स्वस्थ्यसंगै खेलकुद तथा सास्कृतिक क्षेत्रमा प्राथमिकता दिएर लगानी गर्दै आएको उनले दाबी गरे । लोपोन्मुख खेलहरुलाई समेत प्रवर्द्धन गर्ने गरि अभियान चलाएको उनले बताए । सबै खेललाई बचाउने, जोगाउने र अघि बढाउने काम गर्दै आएको उनले बताए। ‘हामीले देखिने गरि लगानी गरेका छौ ।’— उनले भने । लनटेनिस खेल र खेलाडी उत्पादनमा संघको महत्त्वपूर्ण भुमिका रहेको उनले बताए । बुटवल खेलकुदको हब बनाउन लनटेनिस खेलको महत्वपूर्ण योगदान रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले बुटवल खेलकुदको हबका रुपमा विकास भैरहेको बताए । अन्तराष्ट्रियस्तरको कोर्ट निर्माणमा प्रदेश सरकारबाट सहयोग हुने र प्रतियोगिता आयोजनामा समेत सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा संघका अध्यक्ष गोपाल ज्ञवालीले बुटवलको प्रतियोगिता ऐतिहासिक रुपमा परिचय बनाएको बताए । हाल रहेको ४ वटा कोर्टलाई बिस्तार गरि ६ वटा बनाई अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिने सम्भावना रहेको उनले बताए । लनटेनिस कोर्ट निर्माणमा विभिन्न खेलप्रेमीहरुको सहयोग निरन्तर हुँदै आएको बताए । खेलप्रेमी उत्तम लामा र युकेन लामाबाट भएको ५ लाख रुपैया सहयोगमा लाईट जडान गर्ने काम भएको उनले बताए । बुटवलमा अन्तराष्ट्रिय प्रतियोगिता हुने वातावरण सरकारबाट गर्न उनले आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी उपरिक्षक रंजितसिह राठौर, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज सम्शेर राणा, नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ, बिनोद कायस्थ, लुम्बिनी प्रदेश लनटेनिस संघका अध्यक्षका अध्यक्ष संजय श्रेष्ठ, कास्की लनटेनिस संघका अध्यक्ष लोक गुरुङ, लुम्बिनी लनटेनिस संघका उपाध्यक्ष मनोज बस्नेत, संघका उपाध्यक्ष डा मनोज ढुगानाले खेलाडी, खेलप्रेमी, संघसंस्थाहरुको सहयोगमा विकासको गति लिएको बताए ।

मंगलबार बिहान भएको उद्घाटन खेलमा मेन्स खुलातर्फ निहालजंग थापाले विकास खड्कालाई ६–४, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि युगेन शेर्पाले निर्मल मगरलाई ६–४, ६–४ को सेटले पराजित गरेको छ ।
मेन्स ३५ प्लसमा बिकास पाण्डेले टिका घिमिरेलाई ६–२, ६–३ को सेट, नबिन श्रेष्ठले रिश्चल थापालाई ६–०, ६–१ को सेट, विकास गुरुङ एचकेले प्रकाश बस्नेतलाई ६–०, ६–३ को सेट, राजन पौडेलले बिश्वास थापाले ६–१, ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

यसैगरि ४५ मेन्स सिगलमा रोहित सुनुवारले छावान लामालाई ६–१, ६–१ को सेट, रामु बिकले तेज लिलाई ६–४, ६–३ को सेट, किम जिम मानले विष्णु चापागाईलाई ६–०, ६–२ को सेट, कमल भण्डारीले बिकास गुरुङलाई ६–१, ६–३ को सेट, माधव भण्डारीले विष्णु बहादुर थापालाई ६–१, ६–० को सेट, अर्जुन गुरुङले मनोज ढुगानालाई ६–०, ६–२ को सेट, शरण गुरुङले मनोज नेपाललाई ६–३, ६–० को सेट र गोपी भट्टराईले केबी तामाङलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।
यसैगरि ५५ प्लस मेन्स सिगलमा चद्रा शाहीले शिव सेढाईले ६–१, ६–१ को सेट तथा विष्णु हमालले नरेन्द्र सिहलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

मेन्स खुल्ला डबल्सतर्फको खेलमा प्रदिप खड्का र निहालजंग थापाको जोडीले प्रवण खनाल र प्रनव मानन्धरको जोडीलाई ६–४, ७–६ को सेट, संयमबिक्रम शाह र आर्यन गिरीको जोडीले निर्मल मगर र बिबेक गर्बुजाको जोडीलाई ६–०, ६–० को सेट, रितिक राना र ईशान श्रेष्ठको जोडीले उगेन शेर्पा र बिष्णु नेपालीको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लस डबल्समा राज गुरुङ र केबी तामाङको जोडीले सब्बर मिया र गोपाल ज्ञवालीको जोडीलाई २–६, ६–१, १०–४ को सेट, चोम बहादुर शाह र सन्दुप के लामाको जोडीले सागर थापा र बिकास पाण्डेको जोडीलाई ६–१, ६–१ को सेट, रिश्चल थापा र अभिषेक पाठकको जोडीले टिका घिमिरे र प्रकाश बस्नेतको जोडीलाई ६–२, ५–७, १०–५ को सेटमा पराजित गर्दै क्याटरफाईनलमा प्रवेश गरेको टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए । फागुन १५ देखि १९ सम्म चल्ने प्रतियोगितामा ११ विधामा एक सय खेलाडीहरुले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?