ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

गठबन्धन सरकारले देशलाई अस्तव्यस्त पा-यो : विष्णु पौडेल

१३ फाल्गुन २०८०, आईतवार
१३ फाल्गुन २०८०, आईतवार

बुटवल, १३ फागुन ।

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प भएर देश पूर्ण रूपमा असफल भएको दावी गरेका छन् ।

उनले यसबाट निकास हुन नसक्ने प्रष्ट भएको बताएका छन् । यसअघि सरकारले थालेका महत्वपूर्ण आयोजनाको बजेट कटौती गरेर अस्तव्यस्त पारेको, आन्तरिक सुशासनलाई पूरै बेबास्ता गरेको बताउँदै पौडेलले अहिलेको सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प हुनुका साथै विकासका महत्वपूर्ण कामहरू सबै रोकिएको दावी गरे । आइतबार बुटवलको नहरपुर माविमा भारतीय सरकारको सहयोगमा निर्मित भवनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले जनताको समृद्धिको चाहना रोक्ने सरकारका गलत कामका विरूद्ध पार्टीले सदन र सडकबाट खवरदारीको विकल्प नभएको समेत स्पष्ट पारे ।

‘सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मूख भएका छन्’ पौडेलले भने, ‘राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो नै छैन । चालू भएका आयोजनामा बजेट काटेको छ । थप कुनै योजना, आयोजना छैनन् यो सरकारले मुलुकलाई असफलताको दिशातिर धकेलेको छ । अब सरकारको असफलता प्रमुख प्रतिपक्ष दलले हेरेर बस्दैन । सदन र सडकबाट दह्रो खवरदारी गर्छ ।’ यस क्षेत्रमा चालू अवस्थामा रहेका विकासका आयोजनाहरुको बजेट सरकारले काट्दा धेरै योजनाहरु अलपत्र परेको पौडेलले बताए । सुरु भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आयोजनाको बजेट काटिएको छ । अब खवरदारी गर्नुपर्ने अवस्था आयो ।’

बुटवलमा विकासका ठूला पूर्वाधार बनिसकेकोले अब आफ्नो ध्यान मानवीय विकासतर्फ केन्द्रित हुने पौडेलको भनाइ छ । रुपन्देहीमा विकाससँग शैक्षिक सुधारमा आमूल परिवर्तन आएको छ ।’ यस क्षेत्रका विकासमा तिनै तहका जनप्रतिनिधिहरु मिलेर काम गर्ने नेता पौडेलको भनाइ छ । ‘रूपन्देहीमा विकासका काम करिब करिब सकिएका जस्तो लाग्छ’ पौडेलले भने, ‘झुम्साखोला खानेपानीको काम अब आउने चरणमा छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलासुस्ती भएको छ । यसलाई खवरदारी गर्नु छ । बुटवल–चन्द्रौटा अब बन्ने सडक समयमा सम्पन्न होस् भन्ने हाम्रो चाहना हो । यो अन्य आयोजनाहरु सम्पन्न हुने चरणमा छन् । अब रुपन्देही विकासमा अब्बल बनेको छ । हाम्रो ध्यान अब मानवीय विकासमा केन्द्रित हुन्छ ।’

रुपन्देही पूर्वाधार विकासँगै शिक्षाको हब बनेको समेत उनले बताए । केही समय अघिसम्म ओझेलमा परेका यहाँका सामुदायिक विद्यालय राष्ट्रमै प्रथम, द्वितीय र तृतीय हुँदै अब्बल बनेको बताउँदै अब भौतिक पूर्वाधार विकासमा कुनै कमी हुन नदिने पौडेलको भनाइ छ । ‘यहाँको कालिका, कान्ति, शान्ति, नवीन, सैनामैनाका विद्यालय केही समयसम्म ओझेलमा थिए’ पौडेलले भने, ‘अहिले यी विद्यालय देशकै विद्यार्थी संख्या, भौतिक पूर्वाधार र नतिजामा पहिलो दोस्रो र तेस्रो र चौथो सम्म पुगे । यही ठाउँमा अब नहरपुर मावि पनि पुग्दैछ । आइतबार पौडेल र भारतीय राजदूत नविन श्रीवास्तवले यो भवनको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नहरपुर माविलाई आवश्यक स्कुल बस आगामी वर्ष दिने र छात्रवासको योजना अघि बढाउने बताए । उनले हरेक योजना बनाउँदा पूर्ण संचालन हुनसक्नेगरी बजेट राखेर अगाडि बढाउन सुझाए ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री लिला गिरीले स्थानीय क्षेत्रमा हुने विकास निर्माणको काममा प्रदेशबाट हुने साझेदारीका लागि समन्वय गर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले नगर सरकारले हरेक विकासका योजना अगाडि बढाउन प्रदेश र संघीय सरकारसँग बसेर योजना बनाउने र बुटवलको व्यवस्थित विकासका लागि अगाडि बढाउने बताए । कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतम, नगरपालिकाका योजना प्रमुख सुमन श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?