ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

विश्व कीर्तिमानी बुढालाई दाङमा नागरिक अभिनन्दन गरिने

१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

दाङ, १२ फागुन ।

अफगानिस्तानको युद्धमा घुँडा माथिबाट दुवै खुट्टा गुमाएर पनि विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका हरि बुढा मगरको नागरिक अभिनन्दन हुने भएको छ ।

गोरखा ग्रुपको आयोजनामा यही फागुन १४ गते उनलाई दाङको घोराहीमा नागरिक अभिनन्दन गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा १४ गते सोमबार बिहान ८ बजे घोराहीको तुलसीपुर चोक (भानुचोक) बाट थालनी हुने विश्व किर्तिमानी आरोही, गोर्खा ग्रुपका संस्थापक तथा पूर्व ब्रिटिश आर्मी हरि बुढा मगरको भव्य नागरिक अभिनन्दनमा सहभागी हुन सबैमा अनुरोध गरिएको छ ।

उक्त दिन सो स्थानबाट बाजागाजा र साँस्कृतिक झाँकीसहितको र्यालीका साथ उनलाई अभिनन्दन गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघको सभागृह हलमा विशेष सम्मान कार्यक्रम गरिने गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाले जानकारी दिए । सो अवसरमा, विश्व कीर्तिमानी व्यक्ति तथा सकारात्मक सोँचका अभियन्ता हरि बुढा मगरबाट व्यक्त हुने उत्प्रेरणामूलक विचार सुन्नका लागि आम नागरिकहरुमा आयोजकले अनुरोध गरेको छ ।

असल कर्मद्वारा नै असल समाजको निर्माण हुने हुँदा असल कर्म गर्नेहरुलाई समाजका सदस्यहरुले प्रेरणा, स्नेह र सम्मान गर्न पछि पर्नु हँुदैन भन्ने मान्यताका साथ गोरखा ग्रुपले यो कार्यक्रम गर्न थालेको ग्रुपका अध्यक्ष बुढाले बताए ।

दृढ इच्छा शक्ति, संकल्प र उच्च साहसका साथ निरन्तर रुपले खटेर राष्ट्रिय पहिचानका लागि अन्तर्राष्ट्रिय रेकर्ड राख्न सक्षम बुढा मगरले गरेको विश्व कीर्तिमानको साहसिक कार्यबाट शनिबार मुलुकको शीर विश्व रंगमञ्चको साहसिक पर्यटनको क्षेत्रमा उचो भएको अध्यक्ष बुढाले बताए ।

निरन्तरको मेहनत र परिश्रमका कारण उनले प्राप्त गरेको सफलताले गोरखा ग्रुप मात्र नभई सिंगो नेपाली समाज आज गौरवान्वित भएको हुँदा उनलाई थप हौसला र स्नेहका साथ गरिन थालिएको सम्मान अरुका लागि पनि प्रेरणादायी हुने विश्वास गरिएको आयोजकले बताएको छ ।

हरि बुढा मगर बुवा नौला बुढा मगर र आमा पुरइ बुढा मगरको कोखबाट २०३६ सालमा रोल्पा जिल्ला थवाङ गाँउपालिका ३ मिरुलमा जन्म भएको हो । उनी सन् १९९९ जनवरी १ मा ब्रिटिश आर्मीमा भर्ना भएका हुन् । ब्रिटिश आर्मीमै सेवारत रहँदा सन् २०१० अप्रिल १७ मा अफगानिस्थानमा ड्युटीमै रहेको बेला एम्बुसमा परेर घाइते भएर दुवै खुट्टा घुँडामाथिबाट गुमाएका थिए । उक्त घटनापछि पनि उनको जीवनप्रति कहिल्यै निराश नभई उच्च मनोबल र सकारात्मक सोचका साथ आफुलाई एक सफल सामाजिक अभियन्ता तथा उत्प्रेरक बक्ता अर्थात मोटिभेसनल स्पिकरको रुपमा आफुलाई क्रियाशिल राख्दै आएका थिए ।

दुवै खुट्टा घुँडामाथिदेखि गुमाए पनि पाँच वर्षको प्रयासपछि २०८० जेठ ५ गते दिनको ३ बजेर १० मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए । कानुनी अड्चनका कारण सगरमाथा आरोहण गर्न अवरोध हुँदै आएकोमा उनले कानुन निर्माणदेखि खुट्टा नभएपनि अदम्य साहस र विश्वास भए जस्तोसुकै कठिन काम पनि गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?