© २०२३
भैरहवा, १२ फागुन ।
वैकल्पिक उर्जा समयको आवश्यकता भएको सरोकारवालाहरुहरुले बताएका छन् । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौंको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा भैरहवामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विभिन्न व्यवसायीहरू विद्युतको कारण धारासायी हुने अवस्था रहेकाले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहकार्यको आवश्यकता रहेको बताए । उनले नेपाल विद्युतको अपार सम्भावना भएको देश भएपनि हिउँदको समयमा विद्युत विदेशबाट आपूर्ति गर्नुपर्ने बाध्यता रहेको भन्दै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले गर्ने कार्यक्रमले यसको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताए ।
वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्रका निर्देशक नारायण प्रसाद अधिकारीले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको बजारीकरण तथा वितरणका विषयमा अनुशिक्षण गरेका थिए ।
एईपीसी÷केएफडव्लु प्रवन्धक सन्तोष राईले वैकल्पिक उर्जाको प्रयोग तथा वितरण र उद्योगक्षेत्रमा पुग्ने सहयोगका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका विज्ञ खेम बहादुर भण्डारीले उद्योगहरूको लागि रूफटप सोलार सिस्टम विषयमा जानकारी दिए ।
सौर्य उर्जा समन्वय छत केएफडव्लु÷ एईपीसी डीकेटीआई प्रोजेक्टका ई. निरज सापकोटाले यसको आवेदन प्रक्रिया र ढाँचाको बारे जानकारी गराए ।
कार्यक्रममा वातावरण र समाज व्यवस्थापन बनोटको सम्बन्धी प्रशिक्षक विवेक कान्त न्यौपानेले उर्जाको आवश्यकता र सहयोग सम्बन्धमा जानकारी दिए । उद्योगी व्यवसायीहरूले सोधेका प्रश्नको उत्तर दिदै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका विज्ञहरूले यसको सदुपयोगको विषयमा जानकारी दिएका थिए ।