ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय लन टेनिस फागुनको दोस्रो हप्ता

यसपटक प्रतियोगितामा कोरियनसहित देशभरका एक सय बढी राष्ट्रिय खेलाडीहरु ११ विधामा प्रतिस्प्रर्धा गर्दै
११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

बुटवल, १० फागुन । छैटौ संस्करणको राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता रुपन्देहीमा फागुनको दोस्रो हप्तादेखी हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पुरा भएको हो । यसपटक प्रतियोगिता एक कोर्ट थप गरि ४ वटा कोर्टमा खेलहरु खेलाईने संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । खेलाडीको संख्या बढ्ने हुदा एउटा कोर्ट थप गरिएको उनले बताए । देविनगरमा कोर्ट मर्मत, मंच ब्यवस्थापन मात्र नभई रातीको समयमा अभ्यास गर्ने गरि मैदानको स्तरोन्नती गरिएको उनले बताए । ‘लाईट जडान गरेका छौ ।’–उनले भने । विभिन्न उपसमिति गठन गरि जिम्मेबारी बाडफाडसहित काम तिब्र रुपमा भईरहेको उनले बताए । ‘देशभरका रेकिङ खेलाडीहरु बुटवल भित्रिसकेको छन ।’–उनले भने । बिसं २०६८ सालदेखि रुपन्देहीमा खेलाडीहरुलाई संगठित गर्दै उमेर समुहका खेलाडी उत्पादन, खेलकुद गतिविधि, पुर्वाधार विकास र विभिन्न तालिमहरुमा जोड दिदै आएको उनले बताए । खेल प्रतियोगितामा देशभरका सयौ खेलाडीहरु भित्रने हुदा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले दाबी गरे ।

पाच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सय बढि टिमहरु विभिन्न उमेर समुहमा भाग लिने खेल संयोजक सागर थापाले बताए । पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेटान्स ४५ माथि, पुरुष भेटान्स ५५ माथि गरि कुल ११ इभेन्टमा संचालन हुने छ । प्रतियोगिताको पुरुष/महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तथा तृतिय दुई जना खेलाडीलाई जनही २० हजार रुपैया रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमश नगद ४० हजार, २० हजार र १० हजार रुपैया, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश ३५ हजार, २० हजार र १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता र तृतियलाई क्रमश २५ हजार, १५ हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र यसैगरि ६५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता तथा तृतिय खेलाडीलाई क्रमश १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि डबल्सतर्फ पुरुष डबल्स/महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेटान्स डबल्सतर्फ ३५/४५/५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । ११ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख ६२ हजार ५ सय रुपैयासहित कुल १९ लाख १२ हजार ५ सय रुपैया खर्च हुने अनुमान छ ।

संघका सचिव तथा प्रचारप्रसार संयोजक सबर मियाले प्रतियोगिताको तयारी पुरा भएर खेलाडीहरु भित्रने क्रम जारी रहेको बताए । यसवर्ष बुटवल उपमहानगरपालिकाबाट ८ लाख रुपैया सहयोग हुदा प्रतियोगिता आयोजना गर्न सहज भएको उनले बताए । पछिल्लो एक दशकमा रुपन्देहीमा समेत लन टेनिसको खेल र खेलाडी विकासमा संस्थागत रुपमा काम अघि बढेको उनले बताए । काठमाण्डौसहित पछिल्लोसमय पोखरा र बुटवलमा समेत लनटेनिस आर्कषणको खेलका रुपमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?