© २०२३
तिलोत्तमा,१० फागुन । तिलोत्तमामा जारी तिलोत्तमा कप क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटर फाइनल खेलहरु सकिएका छन् । भोलि दुई सेमिफाइनल खेल हुने छन् । बिहिबार भएका दुई खेलमा वडा नं ६ र १७ विजयी भएका छन् ।
नव जीवन क्लबको खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर ६ तिलोत्तमा वडा नंं ३ विरुद्ध ८ विकेटले विजयी भएको छ । सो खेलमा सम्राट थापा र आकाश न्यौपानेले क्रमश २९ र २१ रन जोडे भने सम्राटले ३ विकेट र थमन सिंजालीले २ विकेट लिएका थिए। खेलमा सम्राट थापा प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै तिलोत्तमा वडा नंं १४ र वडा नं १७ बीच भएको खेलमा वडा नंं १४ लाई ४२ रनले हराउंदै वडा नं १७ विजयी भएको छ ।सो खेलमा दिपेश चौधरी प्लेयर अफ द म्याच भए । फागुन ११ गतेको पहिलो सेमिफाइनल खेल खेल तिलोत्तमा वडा नंं ६ र ४ बीच तथा दोस्रो सेमिफाइनल खेल तिलोत्तमा वडा नंं २ र वडा नंं १७ बीच हुने प्रतियोगिताका संयोजक एवं आयोजक नवजीवन क्लबका उपाध्यक्ष सागर पाठकले बताए ।
नवजीवन क्लब र तिलोत्तमा नगरपालिका आयोजक तथा नगरपालिकाकै आर्थिक सहयोगमा प्रतियोगिता भएको हो। त्यस्तै फागुन १२ गते बिहान १० बजे तिलोत्तमा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बीच मैत्रीपुर्ण खेल हुने आयोजकको भनाई छ। फागुन १३ गते फाइनल खेल र समापन हुने छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्स म्यानले ५ हजारका दरले पुरस्कार पाउने क्लबका अध्यक्ष केशव भुसालले बताए ।